
Srbpu
Pes
Sgr
pku
Rgp1
Unsku
Rgp
Pbu
Gfs
cjs
Ggp
Lnp
Djs
Ses

nsb
Ssm
Wsp
Asm
Tsm
Sls
Sbs
Rgu
Gst
Rgu
Rgs
Bbu
Bbbpu
Ggd
Rsb
Vor
Pvg
Ksm
Hal

Jmb
Rmb
Rpp
Abd
Syp
Gsb
Bml
Jmb
sab
Mks
Ptm
Pls
bbt
दाङ । समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्चले बिपन्न र सिमान्तकृत समूदायका दस समूहका १० जना किसानहरुलाई कृषिबाट आयआर्जन गरि आत्मनिर्भर बनाउने लक्ष्य बमोजिम जनही २० हजारका दरले दश जनालाई कुल रु. २ लाख घुम्तिकोष अनुदान बितरण गर्दै तिज बिशेष कार्यक्रम मनाएको छ ।
परम्परा जोगाऔं बिकृति हटाऔं भन्ने मूल नाराकासाथ दक्षिण देउखुरी अधिकार मञ्चको माताहतमा सञ्चालीत गोबरडिहा स्थित समाज परिवर्तन मूल समिति र गढवा स्थित दियालो मूल समितीको आयोजना र गढवा गाउँपालीकासंगको समन्वय सहकार्यमा कृषि अनुदान बितरण गर्दै बृहत्त तिज मिलन कार्यक्रम सम्पन्न भएको छ । मूल समितिका अध्यक्ष शोभा रावतको अध्यक्षता र गढवा गाउँपािलिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा तिज बिशेष कार्यक्रम गरिएको हो ।
नेपाली समाजको मौलीक कला संस्कृतिको संरक्षण गर्दै बिकृति बिसंगति हटाउन तिज पर्वले सबैमा सन्देश प्रबाह गरोस कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले भन्नुभयो । कला संस्कृति राष्ट्रका अनमोल गहना हुन यिनलाई समयानूकूल परिमार्जन गर्दै संरक्षण सम्बर्धनमा जोड दिनुपर्छ र चाडपर्वलाई भड्किलो बनाउनु हुदैन–उपाध्यक्ष चौधरीले भन्नुभयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष तुल्सीराम अधिकारी, दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर,कार्यपालिका सदस्य चन्द्रा केसी, नाम्सालीङ सामुदायिक बिकास केन्द्र इलामका सुबोध निरौला र शसांक आचार्य, श्री चौधरी, चित्रबहादुर खड्का लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा दर्जन बढी समूहहरुले तिजगित नृत्य र गायन प्रतियोगितामा भाग लिएका थिए । उत्कृष्ट हुनेहरुलाई दक्षिण देउखुरी अधिकार मञ्चले प्रोत्साहन पत्रका साथमा पुरस्कार प्रदान गरेको थियो ।
घुम्तिकोष अनुदान पाउनेहरुमा लालीगुराँस समूहका रनिता थारु कुमाल, दियाबाती समूहका अनुपा थारुकुमाल,प्रगति समूहका शान्ती नेपाली र जनप्रगति समूहका सिता केसी रहनु भएको थियो । तिजगित कार्यक्रमको सहजीकरण मञ्चका कर्मचारी शारदा चौधरीले गर्नुभएको थियो ।
दियालो मूल समूहद्धारा तिज बिशेष कार्यक्रम
यसैबिच दक्षिण देउखुरी अधिकार मञ्चको माताहतमा सञ्चालीत समुदायमा आधारीत कार्यसञ्जाल संस्था दियालो मूल समितिले बुधवार बिपन्न सिमान्तकृत समुदायलाई आयआर्जन गरि आत्मनिर्भर बन्न प्रेरित गर्दै जनही २० हजारका दरले ६ जनालाई कूल १ लाख २० हजार घुम्तिकोष अनुदान रकम बितरण गर्दै तिजबिशेष कार्यक्रम मनाएको छ ।
घुम्तिकोष अनुदान पाउनेहरुमा बबिन चौधरी प्रगतिशिल कृषक समूह राजपुर–२, पार्वति भण्डारी ज्योति कृषक समूह राजपुर ४, सिता चौधरी दिगो बिकास कृषक समूह गढवा ७, शुसिला चौधरी लाबाजूनी कृषक समूह गढवा ४ र सुन्तली चौधरी जनशक्ति कृषक समूह गढवा ५ तथा प्रभा चौधरी शिबशक्ती कृषक समूह गढवा ४ रहनु भएको छ । कृषकहरुलाई बाख्रापालन, कुखुरापालन, बंगुरपालन,फ्रेसहाउस सञ्चालन र तरकारी खेति लगायतका कामहरु गरि आयआर्जन गर्न घुम्तीकोष अनुदान प्रदान गरिएको संस्थाका अध्यक्ष देवराज कुँवरले बताउनुभयो ।
दियालो मूल समूहका अध्यक्ष चित्रबहादुर खड्काको अध्यक्षता र गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत आषिस चौधरी,वडा सदस्यहरु दिनमणी आचार्य, रेखा थापा, कमला नेपाली,इलाका प्रहरी प्रमुख नविन ओली,समाज परिवर्तन मूल समितिका शोभा रावत,चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी र देउखुरी सामुदायिक पुस्तकालयका उपाध्यक्ष नारायण पण्डित लगायतले बोल्नु भएको थियो ।
सो अवसरमा मालीक कला संस्कृति प्रदर्शन गर्ने उत्कृष्ट टिमहरुलाई पुरस्कार तथा प्रोत्साहन पत्र प्रदान गरिएको थियो । जसमा प्रथम स्वस्थ्य हरियो साग आमा समूह बालाखुटी, द्धितिय जय पशुपतिनाथ आमा समूह घोराहा,तृतिय हरियाली समूह कुमालटोल र सान्त्वना स्थानज स्वस्थ्य लालगुराँस आमा समूह मानपुरलाई पुरस्कार प्रदान गरिएको थियो । गिता पुलामीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन दक्षिण देउखुरी अधिकार मञ्चका सामाजिक परिचालक शारदा चौधरीले गर्नुभएको थियो ।

