तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका बुधबार, भाद्र २७, २०८०

दाङ । राप्ती गाउँपालिका दाङकाे आयोजनामा मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ।

लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती -५ सिङ्गे सान्त्वना भएका छन्।

गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित प्रतियोगितामा १० वटा महिला समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना हुने महिला समूहलाई क्रमशः १०हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिता राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य चम्फा भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियोे ।

साे अवसरमा बाेल्दै सभामुख घर्तीले तीज पर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताउनुभयो । पछिल्लो समयमा तीज पर्वलाई भड्किलो तरिकाले मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले आफ्नो माैलिक सांस्कृतिलाई बचाउनु पर्ने कुरामा जाेड दिनुभयो ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले माइती र चेलीकाे सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनु भयो । पछिल्लो समय तीज पर्वमा विकृति बढ्दै गएकाे बताउदै अध्यक्ष विष्टले तीज पर्व हुने खानेकाे मात्रै नभई हुदा खानेकाे लागि पनि हुनु पर्ने बताउनुभयो ।”अरुको देखासिकी नगरी आफू सँग जे छ त्यसैमा रमाउनु पर्छ।” -अध्यक्ष विष्टले भन्नुभयो ।

कार्यक्रममा पूर्व न्याय परिषदका सदस्य पदम वैदिक,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,जग्गा एकीकरण आयाेजनाका अध्यक्ष श्यामेश चाैधरी,पालिकाका प्रवक्ता तथा २ नं.वडा अध्यक्ष पहलवान चाैधरी लगायत अन्य जनप्रतिनिधि,महिला समूहका सदस्य,कर्मचारी, संचारकर्मीहरुकाे सहभागीता रहेको थियोे ।

पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख सीमा भट्टले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]