
Gfs
Rgp1
Unsku
Srbpu
Ses
Ggp
Pes
Pbu
Sgr
Lnp
cjs
Djs
pku
Rgp

Ksm
nsb
Rgu
Ggd
Tsm
Hal
Sls
Gst
Asm
Wsp
Bbbpu
Rsb
Rgu
Sbs
Pvg
Vor
Ssm
Rgs
Bbu

Bml
Pls
Jmb
sab
Jmb
Rpp
Gsb
Rmb
bbt
Abd
Mks
Ptm
Syp
दाङ । राप्ती गाउँपालिका दाङकाे आयोजनामा मंगलबार सम्पन्न तीज गीत प्रतियोगिता कार्यक्रममा देउखुरी टुडे डटकम राप्ती गाउँपालिका-४ माैरीघाटकाे समुह प्रथम भएको छ।
लैंगिक हिंसा विरुद्धको विषयमा आयाेजित प्रतियोगितामा काेपिला पञ्चेबाजा महिला समूह राप्ती -३ मसुरिया द्वितीय ,ऐरावती आदर्श बहुमुखी क्याम्पस राप्ती -२ लालमटियाकाे समूह तृतीय र स्मार्ट कृषि महिला समुह राप्ती -५ सिङ्गे सान्त्वना भएका छन्।
गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित प्रतियोगितामा १० वटा महिला समूहले भाग लिएका थिए । प्रतियोगितामा प्रथम,द्वितीय ,तृतीय र सान्त्वना हुने महिला समूहलाई क्रमशः १०हजार, ७ हजार ५ सय, ५ हजार र ३ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिता राप्ती गाउँपालिकाकी कार्यपालिका सदस्य चम्फा भुसालको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगरको प्रमुख आतिथ्यता र राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियोे ।
साे अवसरमा बाेल्दै सभामुख घर्तीले तीज पर्वलाई आपसी मेलमिलाप र सद्भावको पर्वको रुपमा मनाउनु पर्ने बताउनुभयो । पछिल्लो समयमा तीज पर्वलाई भड्किलो तरिकाले मनाउन थालिएको प्रति चिन्ता व्यक्त गर्दै सभामुख घर्तीले आफ्नो माैलिक सांस्कृतिलाई बचाउनु पर्ने कुरामा जाेड दिनुभयो ।
त्यस्तै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले माइती र चेलीकाे सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग गर्ने बताउनु भयो । पछिल्लो समय तीज पर्वमा विकृति बढ्दै गएकाे बताउदै अध्यक्ष विष्टले तीज पर्व हुने खानेकाे मात्रै नभई हुदा खानेकाे लागि पनि हुनु पर्ने बताउनुभयो ।”अरुको देखासिकी नगरी आफू सँग जे छ त्यसैमा रमाउनु पर्छ।” -अध्यक्ष विष्टले भन्नुभयो ।
कार्यक्रममा पूर्व न्याय परिषदका सदस्य पदम वैदिक,पालिकाका प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,जग्गा एकीकरण आयाेजनाका अध्यक्ष श्यामेश चाैधरी,पालिकाका प्रवक्ता तथा २ नं.वडा अध्यक्ष पहलवान चाैधरी लगायत अन्य जनप्रतिनिधि,महिला समूहका सदस्य,कर्मचारी, संचारकर्मीहरुकाे सहभागीता रहेको थियोे ।
पालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख जीवन कुमारी जिसीकाे स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन कृषि विकास शाखा प्रमुख सीमा भट्टले गर्नु भएको थियो ।

