
cjs
Srbpu
Ggp
Ses
Pes
Rgp1
pku
Gfs
Pbu
Djs
Sgr
Rgp
Lnp
Unsku

Ksm
Bbu
nsb
Tsm
Rgs
Hal
Ggd
Rgu
Rsb
Rgu
Pvg
Vor
Sbs
Asm
Ssm
Sls
Bbbpu
Wsp
Gst

Jmb
Bml
Ptm
Gsb
Pls
sab
Mks
bbt
Abd
Rmb
Jmb
Syp
Rpp
दाङ । लमही नगरपालिकाले राप्ती गाउँपालिका-८ मा रहेको निलसागर सेवाश्रममा रहेका सडक मानवहरुलाई दाल,चामल,नुन लगायतको खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले आज सोमबार आश्रममा पुगेर ५ क्विन्टल चामल, दाल ४० किलो, नुन २० किलो र लत्ताकपडा हस्तान्तरण गरेको हो ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, १ का वडा अध्यक्ष दामोदर पौडेल, विपत व्यवस्थापन शाखाकी गायत्री थापा लगायतको टोलीले आश्रममा पुगेर सहयोग प्रदान गरेको हो ।
खाद्यान्न हस्तान्तरण गर्दै कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले गरिव, असहाय, दीनदुखीलाई सहयोग गर्नु नै मानवताको महान कार्य भएको बताउनु भयो । यस्ता बेसहारा मानिसलाई सहयोग गर्दा पुण्य मिल्छ, मानिस जुन ठाउँको होस् तर उ घरबार बिहिन भएर हिडेको छ, दु:ख पाएको छ भने मानवताको धर्मले हामीहरुले सक्दो सहयोग गर्नु पर्छ”- योगीले भन्नु भयो ।
त्यसैगरी लमही नगरपालिका- १ र ५ नम्बर वडाका वडा अध्यक्षद्वय दामोदर पौडेल, ओम प्रसाद सुवेदी र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बेसहारा मानिसलाई उद्दार गरि सेवा गरेको भन्दै यस्ता आश्रमलाई स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो । यस्ता खाले सामाजिक संघ संस्थालाई राज्यले पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने, सुविधा सम्पन्न भवन निर्माण गरिदिनु पर्ने र राज्यकै निगरानीमा राखेर सेवा प्रबाह गरिनु पर्ने बताउनु भयो ।
अहिले उक्त आश्रममा ३ जना महिला र १८ जना पुरुष गरि २१ जना मानिस रहेको निल सागर आश्रमका अध्यक्ष गरिबू चौधरीले जानकारी दिनु भयो । बेवारिसे अवस्थामा रहेका उनीहरुलाई दाङ देउखुरीका विभिन्न स्थानबाट उद्दार गरेर आश्रममा लगिएको चौधरीले बताउनु भयो । त्यस आश्रममा धेरैजसो धेरैजसो भारतीय नागरिक छन ।
सामाज सेवा गर्ने उदेश्यले संस्था खोलियो तर भावनाले मात्र संस्था चल्ने रहेनछ”- चौधरीले भन्नु भयो । संस्थाको कोष बलियो छैन, दाताहरुको सहयोगले जेनतेन चलाएका छौं”- उहाँले भन्नु भयो । मानिसहरुले जन्म दिन, बिबाह वर्षको अवसरमा आश्रममा पुगेर लत्ताकपडा, खाद्यान्न सहयोग गर्ने गरेको आश्रम समितिले जनाएको छ । समितिले त्यहाँ रहेका सडक मानवहरुको बेला बेलामा मानसिक रोगका डाक्टरलाई ल्याएर समेत चेकजाँच गर्ने गरेको छ।
त्यसैगरी लमही नगरपालिका -१ नर्तीमा रहेको मुक्त कम्लहरी विकास मंचको लावाजुनी छात्राबासमा बस्ने कम्लहरीहरुलाई पनि लमही नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले चामल १ सय २५ किलो, दाल १० किलो, ५ किलो नुन हस्तान्तरण गर्नु भएको विपत व्यवस्थापन शाखाकी गायत्री थापाले जानकारी दिनु भयो ।
