प्रिया स्मृति गजमेर/लमही सोमबार, भाद्र २५, २०८०

दाङ । लमही नगरपालिकाले राप्ती गाउँपालिका-८ मा रहेको निलसागर सेवाश्रममा रहेका सडक मानवहरुलाई दाल,चामल,नुन लगायतको खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले आज सोमबार आश्रममा पुगेर ५ क्विन्टल चामल, दाल ४० किलो, नुन २० किलो र लत्ताकपडा हस्तान्तरण गरेको हो ।

लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगी, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, १ का वडा अध्यक्ष दामोदर पौडेल, विपत व्यवस्थापन शाखाकी गायत्री थापा लगायतको टोलीले आश्रममा पुगेर सहयोग प्रदान गरेको हो ।

खाद्यान्न हस्तान्तरण गर्दै कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले गरिव, असहाय, दीनदुखीलाई सहयोग गर्नु नै मानवताको महान कार्य भएको बताउनु भयो । यस्ता बेसहारा मानिसलाई सहयोग गर्दा पुण्य मिल्छ, मानिस जुन ठाउँको होस् तर उ घरबार बिहिन भएर हिडेको छ, दु:ख पाएको छ भने मानवताको धर्मले हामीहरुले सक्दो सहयोग गर्नु पर्छ”- योगीले भन्नु भयो ।

त्यसैगरी लमही नगरपालिका- १ र ५ नम्बर वडाका वडा अध्यक्षद्वय दामोदर पौडेल, ओम प्रसाद सुवेदी र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले बेसहारा मानिसलाई उद्दार गरि सेवा गरेको भन्दै यस्ता आश्रमलाई स्थानीय सरकारले सहयोग गर्नु पर्ने बताउनु भयो । यस्ता खाले सामाजिक संघ संस्थालाई राज्यले पहिलो प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने, सुविधा सम्पन्न भवन निर्माण गरिदिनु पर्ने र राज्यकै निगरानीमा राखेर सेवा प्रबाह गरिनु पर्ने बताउनु भयो ।

अहिले उक्त आश्रममा ३ जना महिला र १८ जना पुरुष गरि २१ जना मानिस रहेको निल सागर आश्रमका अध्यक्ष गरिबू चौधरीले जानकारी दिनु भयो । बेवारिसे अवस्थामा रहेका उनीहरुलाई दाङ देउखुरीका विभिन्न स्थानबाट उद्दार गरेर आश्रममा लगिएको चौधरीले बताउनु भयो । त्यस आश्रममा धेरैजसो धेरैजसो भारतीय नागरिक छन ।

सामाज सेवा गर्ने उदेश्यले संस्था खोलियो तर भावनाले मात्र संस्था चल्ने रहेनछ”- चौधरीले भन्नु भयो । संस्थाको कोष बलियो छैन, दाताहरुको सहयोगले जेनतेन चलाएका छौं”- उहाँले भन्नु भयो । मानिसहरुले जन्म दिन, बिबाह वर्षको अवसरमा आश्रममा पुगेर लत्ताकपडा, खाद्यान्न सहयोग गर्ने गरेको आश्रम समितिले जनाएको छ । समितिले त्यहाँ रहेका सडक मानवहरुको बेला बेलामा मानसिक रोगका डाक्टरलाई ल्याएर समेत चेकजाँच गर्ने गरेको छ।

त्यसैगरी लमही नगरपालिका -१ नर्तीमा रहेको मुक्त कम्लहरी विकास मंचको लावाजुनी छात्राबासमा बस्ने कम्लहरीहरुलाई पनि लमही नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले चामल १ सय २५ किलो, दाल १० किलो, ५ किलो नुन हस्तान्तरण गर्नु भएको विपत व्यवस्थापन शाखाकी गायत्री थापाले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]