तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, भाद्र २४, २०८०

दाङ । राप्ती गाउँपालिका स्तरीय सहिद,बेपत्ता, घाइते र अपांग परिवारहरुकाे प्रथम भेला शनिबार माैरीघाटमा सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्र राप्ती गाउँ कमिटीको आयोजनामा सम्पन्न भेलाले दुर्गा बहादुर खैकला मगरको संयाेजकत्वमा १५ सदस्य गाउँपालिका स्तरीय कमिटी गठन गरेको छ।

जसको सह – संयाेजकमा चिसमाया राेका र सचिवमा नारायण पाैडेल रहनु भएको छ। त्यस्तै अन्य सदस्यहरुमा वीर बहादुर पुन,आसविर घर्ती ,शान्ति राेका,नुमादेवि थापा ,टुकमान विष्ट,कृष्ण घर्ती ,गिर प्रसाद न्याैपाने,पदम नारायण चाैधरी,हुकुम बहादुर सन्यासी,सन्तुदेवि रावत ,केमीसरा पुन र कृष्णबहादुर पुन रहनु भएको छ।

भेला नेकपा माओवादी केन्द्र राप्ती गाउँकमिटीका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षता एवम् पार्टीका लुम्बिनी प्रदेश कमिटीका सचिव कृष्ण अधिकारी ‘प्रकाश’काे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। साे अवसरमा बाेल्दै सचिव अधिकारीले सहिद,बेपत्ता ,घाइते र अपांगहरुको याेगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ।

सहिद,बेपत्ता ,घाइते र अपांगहरुको याेगदानबाटै राजनीतिक परिवर्तन सम्भव भएको हाे-सचिव अधिकारीले भन्नुभयो-“राजनैतिक परिवर्तनकै कारण देशको व्यवस्था परिवर्तन भए पनि जनताहरुकाे अवस्था परिवर्तन भएको छैन अब अवस्था परिवर्तन गर्न सबैकाे हातेमालो हुन आवश्यक छ ।”

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सचिव अधिकारीले केन्द्रमा माओवादी पार्टीको बहुमतकाे सरकार नहुुदा सहिद,बेपत्ता ,घाइते र अपांगहरुका कतिपय मागहरु पूरा हुन नसकेको बताउनुभयो ।

भेलामा पार्टीका जिल्ला सदस्य तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,रण प्रसाद सुवेदी ,पार्टीका गाउँपालिका उपाध्यक्ष रण बहादुर पुजाली,थारु मुक्तिमोर्चाका गाउँकमिटी अध्यक्ष तथा २ नं. वडा अध्यक्ष पहलवान, चाैधरी लगायतका वक्ताहरुले देशको व्यवस्था परिवर्तन गर्न सहिद,बेपत्ता ,घाइते र अपांगहरुको याेगदानकाे चर्चा गर्दै पार्टीले त्यस्ता परिवारहरुको सम्मान गर्नु पर्ने कुरामा जाेड दिनु भएको थियो।

त्यस्तै पालिका भरिका सहिद,बेपत्ता ,घाइते र अपांगहरुको परिवारका सदस्यहरु सहभागी रहेको भेलाको सहजीकरण गाउँ कमिटीका सचिव बसन्त नेपालीले गर्नु भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]