
Lnp
Unsku
Pbu
cjs
Rgp
Ggp
Sgr
Djs
Pes
Gfs
Rgp1
Srbpu
Ses
pku

Bbbpu
Ksm
Rgu
nsb
Rsb
Vor
Asm
Wsp
Ggd
Sbs
Pvg
Hal
Rgs
Tsm
Rgu
Gst
Ssm
Sls
Bbu

sab
Pls
bbt
Mks
Rmb
Jmb
Syp
Abd
Jmb
Bml
Ptm
Rpp
Gsb
दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले उपभोक्ताले सहजरुपमा पानी पाउनु पर्ने कुरामा जोड दिनु भयो ।
शनिबार लमही नगरपालिका -१ को कौडियामा आयोजित कार्यक्रममा बोल्दै योगीले भन्नू भयो “उपभोक्ताले पनि पानीको महत्त्व बुझेर सदुपयोग गर्नु पर्छ, पानीनै जीवन हो, उपभोक्तालाई चुनारहित र चौविसै घण्टा आपूर्ति हुनेगरी सेवा दिनु होला, केही समस्या भए नगरपालिका तपाईंहरुको साथमा छ”-। संस्थालाई मजबुत गराउनका लागि यो या त्यो पार्टी नभनेर एकजुट भएर लाग्न पनि कार्यबाहक नगर प्रमुख योगीले आग्रह गर्नु भयो । आर्थिकको पाटोलाई पारदर्शिता राख्नु भयो भने उपभोक्ताको मन जित्न सक्नु हुनेछ”- योगीले भन्नू भयो ।
यहाँका उपभोक्ताको मागलाई मध्यनजर गरि २ लाख २५ हजार लिटर क्षमताको टंकी निर्माण गरिएको छ । यो खानेपानीलाई कौडिया, सुनडबरी, बन्कट्टा र फल्कापुर गाउँका करिव ४ सय ४२ घरधुरी उपभोक्ताले सदुपयोग गर्दै आएका छन । संघीय र प्रदेश सरकारको आर्थिक सहयोगमा खानेपानी डिभिजन कार्यालय दाङले आयोजनाको काम गरेको अधिकृत राज कुमार पोख्रेलले जानकारी दिनु भयो । यहि आर्थिक वर्षमा आयोजना संस्थालाई हस्तान्तरण गरिने अधिकृत पोख्रेलले बताउनु भयो ।
सुनडबरी कौडिया खानेपानी सरसफाई तथा उपभोक्ता समितिका अध्यक्ष चन्द्र प्रसाद भट्टराईको अध्यक्षता तथा लमही नगरपालिकाका कार्यबाहक प्रमुख लक्ष्मी योगीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सचिव भोजराज भुसालले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । स्वागत मन्तव्य नारायण प्रसाद खनालले गर्नु भएको थियो ।
