
Gfs
Pes
Rgp
sbs
Sgr
Srbpu
Ggp
Unsku
Rgp1
Lnp
cjs
pku
Djs
Pbu

Rgu
Pvg
Rgu
Asm
Hal
Gst
nsb
Ssm
Wsp
Bbu
Rsb
Ksm
Sbs
Vor
Ggd
Tsm
Sls
Bbbpu
Rgs

Pls
bbt
Rmb
Syp
Abd
Bml
Rpp
Ptm
Jmb
Gsb
sab
Jmb
Mks
दाङ । लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीले स्वास्थ्य क्षेत्रमा तनमन लगाएर सेवा दिन स्वास्थ्यकर्मीलाई आग्रह गरिन ।
लमही नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको समिक्षा कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख योगीले भनिन “स्वास्थ्यकर्मी भनेका भगवानको दोस्रो रुप हो, स्वास्थ्यकर्मीको व्यवहारले बिरामीको आधा दुखाई कम हुने गर्छ, बिरामीसंग नम्र, र मिजासिलो भएर बोल्ने गर्नु होला, बिरामीलाई उपचार गर्दा कुनै कुराको कमि नहुनेगरी काम गर्नु होला तपाईहरुको कामको मूल्याकंन लमही नगरपालिकाले गर्छ”- ।
त्यस्तै लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठले स्वास्थ्य भनेको अति संवेदनशिल क्षेत्र भएकोले अनुमानका आधारमा तथ्यांक जुटाउन र सेवा दिन नहुने बताए ।
लमही नगरपालिकाको मातहतमा रहेका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई सेवामुखी भएर सेवा दिन अनुरोध गरेका छन । सत्य तथ्यमा आधारित रहेर सुचना संकलन गर्ने र सोही अनुरुपको सेवा दिनु पर्छ”- श्रेष्ठले भने ।
समीक्षा कार्यक्रम शुरु
लमही नगरपालिकामा रहेका स्वास्थ्य संस्थाहरुको आर्थिक वर्ष २०७९/८० को वार्षिक समिक्षा गोष्ठी आज बिहिवारदेखि शुरु भएको छ । यो कार्यक्रम आज बिहिवार र भोलि शुक्रबारसम्म चल्ने छ ।
पालिकामा रहेका स्वास्थ्य संस्था, नगर स्वास्थ्य केन्द्रले एक वर्षभरी भए गरेका कामकारबाहीका बारेमा समिक्षा हुनेछ । साथै अब आगामी दिनमा स्वास्थ्य क्षेत्रमा नगरपालिकालाई कसरी अगाडी बढाउन सकिन्छ भन्ने बारेमा पनि व्यापक छलफल हुने स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले जानकारी दिए ।
लमही नगरपालिकाका कार्यबाहक नगर प्रमुख लक्ष्मी योगीको अध्यक्षतामा समिक्षा शुरु भएको कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख नारायण शर्माले स्वागत मन्तव्य राखेका थिए भने वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक मिना शर्माले कार्यक्रमको सहजीकरण गरेकी थिइन ।
सबै वडाबाट स्वास्थ्य सेवा प्रवाह
लमही नगरपालिकामा पन्ध्र सैया क्षमता भएको एउटा अस्पताल ( लमही अस्पताल) रहेको छ । स्वास्थ्य चौकी दुईवटा ( वडा नम्बर ८ मा सतबरिया स्वास्थ्य चौकी र वडा नम्बर २ मा सोनपुर स्वास्थ्य चौकी) आठ वटा नगर स्वास्थ्य केन्द्र र एक वटा नागरिक आरोग्य सेवाकेन्द्र रहेको छन ।
लमही अस्पतालमा अहिले एमडीजिपी एक जना, दुई जना मेडिकल अधिकृतद्वारा सेवा प्रवाह भैरहेको प्रशासन प्रमुख हरि खनालले जानकारी दिए । त्यस्तै स्वास्थ्य चौकी सतबरियामा जनस्वास्थ्य निरीक्षक र सोनपुर स्वस्थ्य चौकीमा सिनियर अहेव अधिकृत मार्फत सेवा सुचारु भैहेको छ । लमही नगरपालिकाले स्थापना गरेका नगर स्वास्थ्य केन्द्रमा एक जना सिनियर अहेव अधिकृत, हेल्थ असिस्टेन्ट, अहेव लगायतका स्वास्थ्यकर्मीहरुले सेवा दिईरहेका छन ।
