
Gfs
Ggp
Pbu
cjs
pku
Sgr
Rgp1
Lnp
Srbpu
Djs
Pes
Unsku
Ses
Rgp

Rgs
Asm
Rgu
Gst
Pvg
Ggd
Tsm
Vor
Ssm
Rsb
Hal
Sbs
Ksm
Bbu
Sls
Bbbpu
nsb
Rgu
Wsp

Abd
Bml
Ptm
sab
Jmb
Rmb
Jmb
Gsb
bbt
Pls
Mks
Syp
Rpp
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले तुलसीपुरमा रहेका सरकारी संरचनाको अनुगमन तथा निरीक्षण गरेका छन् ।
मुख्यमन्त्री चौधरीले बुधवार सामाजिक विकास डिभिजन कार्यालय स्थानान्तरण गरेको क्षेत्र शिक्षा तालिम केन्दको पूर्वाधार, यातायात व्यवस्था कार्यालय दाङको कार्यालय सार्ने निर्णय भएको गाइडरको सरकारी पूर्वाधार लगायत अन्य सरकारी संरचनाको निरीक्षण गरेका हुन् ।
डिभिजनको साविकको कार्यालय यातायात व्यवस्था कार्यालयललाई दिने र त्यहाँ रहेको सामाजिक विकास डिभिजन कार्यालय शिक्षा तालिक केन्द्रको पूर्वाधारमा सार्ने प्रदेश सरकारको निर्णय पछि मुख्यमन्त्री चौधरीले त्यस क्षेत्रको अनुगमन तथा निरीक्षणमा निस्किएका हुन् । शिक्षा तालिम केन्द्र, सामाजिक विकास डिभिजन रहेको कार्यालय क्षेत्रको निरीक्षण र अनुगमन गर्दै मुख्यमन्त्री चौधरीले कार्यालय व्यवस्थापनको काममा जुटन सरकारी निकाय र पूर्णरुपमा सहयोग गर्न स्थानीयहरुलाई निर्देशन समेत दिएका छन् ।
आबश्यकता अनुसार कार्यालयहरु स्थानान्तरण तथा व्यवस्थापन गरिएको भन्दै उनले त्यसलाई तत्काल कार्यान्वयनको चरणमा लैजान निर्देशन दिएका छन । निर्णय भइसकेको छ, उनले भने, अव जति सक्यो छिटो कार्यालय व्यवस्थापन गर्नुहोस । स्थानीय सरोकारवालाहरुको सहभागितामा गरिएको निरीक्षण र अनुगमनमा पूर्वाधारहरुमा केहि मर्मत सम्भारको आबश्यकता देखिएकोले त्यसको समेत व्यवस्थापन गरेर समयमै कार्यालय स्थानान्तरण हुनु पर्ने बताए।
त्यस्तै स्थानीयहरुले सरकारले सहि निर्णय गरेको भन्दै, सरकारको निर्णयमा पूर्णरुपमा सहयोग र सहकार्य गर्ने बताएका थिए । मुख्यमन्त्री चौधरीले तुलसीपुरमा रहेका अन्य केहि सरकारी संरचनाको समेत निरीक्षण र अनुगमन गरेका थिए । उनले प्रयोगमा नआएका तथा कम प्रयोग भएका सरकारी संरचनाको व्यवस्थापन र सदुपयोग सरकारले गर्ने बताएका छन् ।
