
Gfs
Rgp
Rgp1
cjs
Ggp
Srbpu
pku
Pbu
Lnp
Djs
Sgr
Unsku
Pes
Ses

Wsp
Asm
Gst
Bbu
Rgu
Vor
Rgu
Bbbpu
Sls
Hal
Ssm
Ksm
Sbs
Ggd
Rsb
Pvg
nsb
Rgs
Tsm

Mks
Syp
Abd
Jmb
Pls
Bml
bbt
Ptm
sab
Rpp
Gsb
Jmb
Rmb
दाङ । गढवा उद्योग बाणिज्य संघको आयोजनामा संघका वरिष्ठ उपाध्यक्ष स्वर्गीय रामबहादुर बुढाथोकीको दशौ दिनको पुण्य तिथिमा बुढाथोकी निवासमा श्रद्धाञ्जली सभा गरिएको छ ।
संघका अध्यक्ष खिम बहदुर बुढा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्व. बुढाथोकीको तस्वीरमा माल्यार्पण गरि उहाँको सम्झनामा १ मिनट मौनधारण गरिएको थियो । सो अवसरमा संघका अध्यक्ष खिमबहदुर बुढा, निवर्तमान अध्यक्ष रबिलाल आचार्य,रेडियो साझा आवाजका प्रबन्धक दुखहरण यादव र वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष पुष्पा यादव लगायतले स्व. रामबहादुर बुढाथोकिले गरेको योगदान र उहाँको ब्यत्तित्वमाथी चर्चा गर्नु भएको थियो ।
कार्यक्रममा स्व. बुढाथोकीका छोरा राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले बुवाका सामाजिक क्षेत्रमा रहेका अधुरा सपना साकार पार्न सबैमा आग्रह गर्नु भयो । स्वर्गीय रामबहादुर बुढाथोकी गढवा र राजपुर २ गाउँपालिका कार्यक्षेत्र रहेको चुरे सहकारी संस्थाका अध्यक्ष र गढवा उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष रहेर काम गरिरहनु भएको थियो । अत्यन्तै सरल, निस्वार्थ ,खरो स्वभावका उहाँ दुबै गाउँपालिकाको भुगोलमा सामाजिक क्षेत्रमा क्रियाशिल र चिरपरिचित ब्यक्तित्व हुनुहुन्थ्यो ।

