
Pes
pku
Rgp1
Ggp
Gfs
Rgp
cjs
Pbu
Sgr
Unsku
Lnp
Ses
Srbpu
Djs

Tsm
Hal
Wsp
Sls
Rsb
Rgu
Sbs
Ksm
Asm
Bbu
Gst
Rgu
Vor
Ssm
Bbbpu
Rgs
nsb
Ggd
Pvg

Abd
Jmb
Pls
Jmb
bbt
Bml
Mks
Ptm
Rpp
Gsb
Syp
sab
Rmb
दाङ । लामो समयदेखि लुम्बिनी प्रदेश राजधानी स्थल राप्ती उपत्यका दाङको राेक्का जग्गा फुकुवा नभए पछि शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चाैधरीले प्रदेश सरकारका अर्थमन्त्री तथा जग्गा फुकुवा कार्यदलका संयाेजक धनबहादुर मास्कीलाई भेटनु भएको छ।
मन्त्रालय गेटबाटै पालिकाकाे कामकाज शुरु गर्ने जनाउ पाएपछि मन्त्री मास्कीले अध्यक्ष विष्ट र उपाध्यक्ष चाैधरीलाई मन्त्रालयमै भेट गर्न बाेलाउनु भएको थियो। भेटमा अर्थमन्त्री मास्कीले राजधानी व्यवस्थापन र भविष्यमा बन्ने सुन्दर शहर निर्माण गर्ने कार्यमा कुनै असर नपुग्ने गरि विधि र प्रक्रिया पुर्याएर आफू र प्रदेश सरकार जग्गा फुकुवा गर्ने पक्षमै रहेको बताउनुभयो ।
याे विषय सार्वजनिक विषय भएकाेले सर्वदलीय बैठक बसी निर्णय गर्नु पर्ने उहाँको भनाइ छ । हामी जग्गा फुकुवा गर्ने पक्षमै छौं- मन्त्री मास्कीले भन्नू भयाे – शुक्रबार सर्वदलीय बैठक बसेर एउटा ठाेस निर्णय गर्ने भनेर बैठक बस्नका लागि पत्राचार समेत भइ सकेको थियो तर विपक्ष पार्टीको शनिबारदेखि बुटवलमा प्रदेश स्तरीय कार्यक्रम भएकाले बैठक बस्न सकेन ।” मन्त्री मास्कीले केही दिन भित्रै सर्वदलीय बैठक बसी जग्गा फुकुवा गर्ने विषयमा निर्णय गरी यसै महिना भित्रै जग्गा फुकुवा गरिने बताउनुभयो ।
त्यस्तै उक्त भेट्मा मन्त्री मास्कीले पालिका अध्यक्ष विष्टलाई राजधानी ब्यबस्थापन कार्यमा स्थानीय सरकारले प्रदेश सरकारलाई पुर्ण रुपमा सहयोग गर्न आग्रह गर्नुभयाे । लामाे समयदेखि जग्गा राेक्का हुदा यस क्षेत्रका नागरिकहरु निकै मर्का परेको भन्दै अध्यक्ष विष्टले तत्काल जग्गा फुकुवा गर्न मन्त्री मास्कीलाई आग्रह गर्नुभयो । उता राेक्का जग्गा तत्काल फुकुवा गर्न माग गर्दै यस क्षेत्रका नागरिकहरुले संघर्ष समितिनै गठन गरि चरणबद्ध आन्दोलनकाे घाेषणा समेत गरेका छन् ।
