
Pbu
Unsku
cjs
Ggp
Lnp
Sgr
Srbpu
Djs
Rgp1
Ses
pku
Gfs
Rgp
Pes

Rsb
Rgu
Ssm
Gst
Ksm
Pvg
Sls
Sbs
Ggd
nsb
Bbu
Asm
Rgs
Vor
Rgu
Hal
Bbbpu
Tsm
Wsp

Syp
Ptm
Gsb
Jmb
sab
Jmb
Bml
Abd
Rpp
Mks
Rmb
bbt
Pls
काठमाडौं । बागमती प्रदेशका १३ जिल्लामा २८ दिनमै झन्डै तीन हजारमा डेंगु संक्रमण पुष्टि भएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार धादिङमा एक हजार सात सय ८७, काठमाडौंमा दुई सय ९८, मकवानपुरमा दुई सय ७४, ललितपुरमा एक सय ७९, चितवनमा एक सय ५१ र भक्तपुरमा ९३ जनामा डेंगु देखिएको छ ।
त्यस्तै, नुवाकोटमा ५५, काभ्रेमा २८, रामेछापमा १९, सिन्धुली १७, सिन्धुपाल्चोकमा ११, दोलखामा नौ र रसुवामा दुईजनामा डेंगुको संक्रमण पुष्टि भएको छ । पानी पर्ने र धेरै समय घाम नलाग्ने भएकाले डेंगुको संक्रमण तीव्र रूपमा फैलिएको मन्त्रालयका सूचना अधिकारी डा. रविन भुसालले बताए । ‘पानी पर्ने र धेरै समय घाम नलाग्नु डेंगुको वृद्धि विकासका लागि उपयुक्त वातावरण हो । यस्तो वातावरणमा डेंगुको लार्भा सजिलै बढ्ने हुन्छ । जसको कारणले पछिल्लो समय डेंगुको संक्रमण धेरै देखिएको हो,’ उनले भने ।
यसअघि साढे सात महिना (१७ पुसदेखि १५ साउन)मा यस क्षेत्रमा एक हजार एक सय ७५ जनामा मात्रै डेंगु संक्रमण पुष्टि भएको थियो ।
यस्तै बागमतीका १३ जिल्लामा जनवरीमा ५७, फेब्रुअरीमा ३०, मार्चमा २९, अप्रिलमा ५२, मेमा २७, जुनमा एक सय १८, जुलाईमा आठ सय ६२ र अगस्टको २८ दिनमा दुई हजार नौ सय २३ गरी चार हजार ९८ जनामा डेंगु संक्रमण भएको स्वास्थ्यको तथ्यांक छ । साढे सात महिनामा सबैभन्दा धेरै धादिङमा दुई हजार ६ सय ४२ मा डेंगु संक्रमण भएको छ ।
त्यस्तै, काठमाडौंमा चार सय १०, मकवानपुरमा दुई सय ९०, ललितपुरमा दुई सय १६, चितवनमा एक सय ७९ र भक्तपुरमा एक ३७ जनामा डेंगुको संक्रमण भएको छ । यसैगरी प्रदेशको नुवाकोटमा ८३, रामेछापमा ४२, काभ्रेमा ३९, सिन्धुली २८, सिन्धुपाल्चोकमा १४ दोलखामा १२ र रसुवामा ६ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ ।
बागमतीमा गत वर्ष ४२ हजार चार सय ५९ जनामा डेंगु संक्रमण देखिएको थियो । बागमती प्रदेश सरकारले १३ जिल्लाका १३ वटै स्वास्थ्य संस्थामार्फत स्थानीय तहको सहयोगमा डेंगु नियन्त्रणका लागि काम गरिरहेको उनले बताए । डेंगु फैलाउने लामखुट्टेको वासस्थान र लार्भा नष्ट मात्रै यसको नियन्त्रण र रोकथामको उपाय भएकाले सोहीअनुसार आफूहरूले काम गरिरहेको भुसालले बताए ।
एक महिनामै पाँचको मृत्यु
बागमतीमा डेंगु संक्रमणका कारण एक महिनामा पाँचजनाको मृत्यु भएको छ । ललितपुरमा दुई तथा धादिङ, मकवानपुर र सिन्धुपाल्चोकमा एक–एकजना गरी पाँचजनाको डेंगु संक्रमणबाट मृत्यु भएको भुसालले जनाए । उनका अनुसार ललितपुरमा ७१ वर्षका पुरुष र ३८ वर्षकी महिलाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ । यस्तै, डेंगु संक्रमित भएर चितवनमा उपचारका क्रममा मकवानपुरका ४१ वर्षीय पुरुष र चितवनमै उपचारका क्रममा धादिङकी ७२ वर्षीया महिलाको मृत्यु भएको छ भने काभ्रेकी ३८ वर्षीया महिलाको पनि डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
