
Cps
Rgp
Gis
Lnp
Rgp1
Rgp
sbs
Djs
Srbpu
Rmb
cjs
pku
Unsku
Pes
Sds
Pbu
Sgr
Ggp
Gfs

Rgu
Ggd
Rgu
Wsp
Vor
Rsb
Ssm
Rgs
Ksm
nsb
Gst
Bbbpu
Tsm
Bbu
Sbs
Asm
Pvg
Hal
Sls

Rmb
Syp
Mks
Pls
Abd
Gsb
sab
Jmb
Jmb
Bml
Rpp
Ptm
bbt
दाङ । सल्यान खलंगामा रहेकाे ग्रामीण सहकारी बचत तथा ऋण सहकारी संस्थाले एक बर्षमा ५० लाख भन्दा बढि आम्दानी गरेको छ । सदरमुकाममा रहेको सहकारीले गत आर्थिक बर्षमा ५० लाख ७७ हजार ४ सय ३३ रूपैयाँ खुद बचत गरेको हो ।
सहकारी संस्थाले २६ औं साधारण सभा सम्पन्न गरे पछि बुधबार भएको पत्रकार सम्मेलनमा आफ्नाे हिसाबकिताव प्रतिवेदन सार्वजनिक गरेकाे हाे । जसमा कुल सम्पत्ति १९ करोड ४७ लाख बढि पुगेको छ ।
गत आर्थिक बर्ष २०७६/०७७ सम्म यस सहकारीले कुल सम्पत्ति १९ करोड ४७ लाख ७२ हजार पुर्याएको छ । यस्तै हाल सम्म सेयर रकम २ करोड १७ लाख ८६ हजार २ सय पुगेको अध्यक्ष धिरेन्द्र कुमार शाक्यले बताउनु भयो ।
सहकारीले हालसम्म १४ करोड १२ लाख ६५ हजार १ सय ९४ बचत निक्षेप रहेको उहाँले जानकारी दिनु भयो । सहकारीमा १ हजार ७ सय ८६ जना सेयर सदस्य रहेका छन् । अहिले सहकारीको पैसा लिने र ऋण दिने काम मात्रै रहेको भन्ने गुनासो आइरहेको बताउदै अध्यक्ष शाक्यले यस सहकारीले रचनात्मक काम गर्दै आएको जानकारी दिनु भएको छ ।
यस सहकारीले सहकारी शिक्षा कार्यक्रम, सुत्केरी भेटघाट कार्यक्रम, सदस्यहरुसँग अन्तरक्रिया,बित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको उहाँको भनाई रहेको छ । यस्तै सम्पूर्ण सेयर सदस्यहरुको कोरोना बिमा र दुर्घटना बिमा पनि गरिएको सहकारीले जानकारी दिएको छ ।
सहकारीका पुर्व अध्यक्ष तथा जिल्ला सहकारी संघ लिमिटेड सल्यानका अध्यक्ष केशव सिंह श्रेष्ठले ग्रामिण वचत तथा ऋण सहकारी संस्था लि उत्कृष्ट बन्नुमा सबै सेयर सदस्य, कार्य समिति र कर्मचारीको उत्तिकै योगदान रहेको बताउनु भयो ।
सहकारी शिक्षा, सुत्केरी भेटघाट, तीजमिलन, अन्तरक्रिया, विभिन्न दिवस सम्पन्न गरेको सहकारीले गत आर्थिक बर्षमा सामाजिक सेवा कार्यक्रम अन्तरगत स्वास्थ्य सम्बन्धी विभिन्न शिविर संचालनका साथै शारदा नगरको राहत कोषमा ५० हजार रकम प्रदान गरेको संस्थाले जनाएको छ ।
