Sidha Patra बिहिबार, आश्विन २९, २०७७

दाङ । जिल्ला प्रहरी कार्यालय झापाले हत्याको अभियोगमा एक जनालाई नियन्त्रणमा लिएको छ । कनकाई नगरपालिका वडा नम्बर ७ काब्रोटे टोलमा बस्ने २२ वर्षीय टल्के भन्ने रविन राजवंशीलाई बुधवार नियन्त्रणमा लिएको हो ।

युवकले मंगलवार राति साढे ९ बजेको समयमा कनकाई नगरपालिका वडा नम्बर ३ एकान्त टोलमा रहेको सुरुङ्गा खोलाको बाँध र बासघारी झ्याङ बीचमा भएको भित्री सानो गोरेटो बाटोमा २२ वर्षीय अभिषेक चौधरीको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्या गरेको भोलिपल्ट मात्र स्थानीयले अभिषेक चौधरी उत्तानो परी अनुहार टाउको भरी रगताम्मै चोटै चोट भइ मृत अवस्थमा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा युवक रविनले गाँजाको विषयमा झगडा भएपछि हत्या गरेको खुलेको छ । हत्या भएको दिन अभिषेकले १ सय रुपैयाँ दिएर रविनलाई गाँजा किन्न पठाएका थिए । रविनले गाँजा किनेर ल्याएपछि अभिषेशकले खान नदिएपछि विवाद भएको थियो । त्यही क्रमम अभिषेकले झापड समेत हानेको प्रहरीले जानकरी दिएको छ । रविनले त्यसपछि आफुलाई अपमान गरेको महशुस गरी आफ्नो घरमा गई बन्चरो ल्याएर बाटो ढुकेर गरी हत्या गरेको खुलेको छ । हत्यापछि उनी डरले भागेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]