
Gfs
Unsku
Djs
Srbpu
Ses
Ggp
Rgp1
Lnp
Pbu
pku
Rgp
Sgr
Pes
cjs

Tsm
Bbbpu
Wsp
Vor
Pvg
Sls
Rgu
nsb
Ggd
Rgs
Ksm
Sbs
Gst
Ssm
Asm
Rsb
Bbu
Hal
Rgu

Ptm
Abd
Pls
bbt
Gsb
Syp
Mks
sab
Rmb
Jmb
Jmb
Rpp
Bml
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले डेंगु रोग लगायत किटजन्य राेगहरुकाे नियन्त्रणका लागि लामखुट्टेकाे बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने अभियान सुरु गरेको छ।
पछिल्लो समय दाङ सहित देशैभर डेंगु राेगकाे संक्रमण फैलिन थालेपछि राप्ती गाउँपालिका स्वास्थ्य शाखाले लामखुट्टेको बासस्थान खोजी गरि नष्ट गर्ने अभियान शुरु गरेकाे गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।
स्वास्थ्य शाखाले डेंगी रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबार राप्ती गाउँपालिका १ भालुवाङबाट सो अभियानको सुरूवात समेत गरेको छ । स्थानीय तहका जनप्रतिनिधि , टोल विकास संस्थाका प्रमुख, स्वास्थ्यकर्मी, संघसंस्थाका प्रमुख,सुरक्षाकर्मी,सञ्चारकर्मी सँग अभिमुखिकरण कार्यक्रम सँगै पहिलो चरणमा बजार क्षेत्रमा लामखट्टेको बासस्थान खोज र नष्ट गर’ अभियान सुरू गरिएको हो ।
त्यस्तै एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा डेंगु लगायत किटजन्य राेगहरुकाे नियन्त्रणका लागि लामखुट्टेकाे बासस्थान खोजी गरि लार्भा नस्ट गर्ने र वडास्तरमा अभिमुखिकरण सहित टोल-टोलमा जनचेतनामुलक कार्यक्रम समेत सञ्चालन गरिने अध्यक्ष विष्टकाे बताए । गाउँपालिका भित्रका ९ वटै वडाहरुमा साे अभियान सँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउने जनाइएको छ ।
बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामिण क्षेत्रमा समेत सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिने पालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण रावतले जानकारी दिएका छन् । पानी परेसँगै जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्ने भएकोले डेंगीको जोखिम समेत बढ्दै गएकोले सो अभियान सुरू गरेको राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् । शाखा प्रमुख राउतका अनुसार राप्तीमा २ जना डेंगीका बिरामी भेटिएका छन् ।
डंगी राेग एक बिरामीबाट अर्को बिरामीमा समेत सजिलै संक्रमण फैलिने भएकाले सतर्कता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन्। डेंगु भाइरसद्वारा सङ्क्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाइबाट सर्ने भएकाले यसबाट बच्न घर बाहिर बस्दा वा वनजंगलमा जाँदा पूरा शरीर ढाक्ने कपडा लगाउने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र,घरभित्र र वरपरको वातावरण सफा राख्ने, पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टेबाट बच्न सधैं झुल टाँगेर मात्र सुत्ने लगायतका कार्यहरु गर्न चिकित्सकहरूको भनाई रहेको छ ।
एक्कासी उच्च ज्वरो आउनु, असाध्यै टाउको दुख्नु, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्नु, ढाड जोर्नी तथा मांसपेशी दुख्नु, शरीरमा बिबिरा आउनु, वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिँजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखापर्ने, बेहोस हुने जस्ता लक्षण देखिएमा डेङ्गु रोगको सङ्क्रमण हुन सक्ने भएकाले तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन समेत शाखा प्रमुख रावतले सबैलाई आग्रह गरेका छन् ।
त्यस्तै सन् २०२२ मा ५४ हजार ६ सय ३० जनामा डेंगी देखिएको र यसबाट ८८ जनाको ज्यान गइसकेको छ । नेपालमा पहिलो पटक सन २००४ मा १ जनामा डेंगी देखिएको थियो ।

