
Rgp1
Pbu
Srbpu
Lnp
Gfs
Pes
Ggp
pku
Rgp
Djs
Unsku
cjs
Sgr
Ses

Vor
Rsb
Gst
Rgs
Ssm
Bbu
Tsm
Rgu
Ggd
Wsp
Sbs
Rgu
Pvg
nsb
Ksm
Sls
Hal
Bbbpu
Asm

Syp
Abd
Rpp
Pls
Bml
bbt
Jmb
sab
Jmb
Mks
Rmb
Gsb
Ptm
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर २ कोठरीमा महिलाहरुले चप्पल उत्पादन व्यवसाय सुरु गरेका छन् ।
गढवा गाउँपालिका वडा नम्बर २ कोठरीका सिर्जनशिल लघु उद्यमशिल समूह र लालीगुराँस उध्दमशिल समूह पचाहका महिला समूहले चप्पल उत्पादन व्यवसाय सुरु गरेका हुन् ।
आर्थिक समृद्धीको आधार लघु उद्यम मार्फत रोजगार भन्ने मुलनाराका साथ गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत चप्पल उत्पादन व्यवसायको उद्घाटन गरिएको थियो ।उत्पादन भएका चप्पलहरुको बिक्री वितरण सुरु भएको गढवा गाउँपालिकाले जनाएको छ ।
गढवा गाउँपालिका उध्दम विकास शाखाको आयोजनामा कोठरीका महिलाहरुलाई चप्पल उत्पादन सम्बन्धि तालिम दिईएको थियो। सिप सिकेर आत्मनिर्भर बन्नका लागि हामी महिला समूहका सदस्यहरु मिलेर पैसा संकलन गरी उत्पादन गर्न थालेको सिर्जनशिल लघु उद्यमशिल समूहका सचिव संगिता चौधरीले जानकारी दिनु भयो। घरको काम सकेर फुर्सदको समयलाई सदुपयोग गर्दै महिला दिदिबहिनी हरु मिलेर चप्पल उत्पादन व्यवसाय सुरु गरेको र पालिकाले विक्री वितरणको लागि समन्वयको भुमिका निभाईदिए आवश्यकता अनुसार उत्पादन गर्न सकिने सचिव चौधरीले जानकारी दिनुभयो । आफुहरुले गर्न सकिदैन कि भनेर डराएका थियौ तर पालिकले तालिमको आयोजना गरिदियो अब त सजिलै हरेक डिजाईनका चप्पल बनाउन सकिने भयौ-सचिव चौधरीको भनाइ छ।
त्यसैगरी मंगलवार गढवा गाउँपालिकाको वडा नम्बर २ कोठरीको हरियाली वाल उद्यान पार्कमा आयोजना भएको एक दिने बजारीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले तालिम दिनुको उद्देश्य आज पुरा भएको बताउदै खुसी व्यक्त गर्नुभयो। पालिकाले पालिकाबासीलाई आत्मनिर्भर बन्नको लागि बिभिन्न खाले तालिमहरुमा करोडौको लगानी गरेको तर उत्पादनमुखी कार्यक्रम खासै नभएको बताउदै चप्पल उत्पादन व्यवसायले आफु अत्यन्त खुसी भएको बताउनुभयो।
पालिकाले पहिले तालिम र तालिम पश्चात व्यवसाय गर्न चाहनेहरुलाई आवश्यक्ता अनुसारको थप तालिम लगायतका अन्य सबै खाले सहयोगका गर्न प्रतिबद्ध रहेको बताउनुभयो। समृद्ध गाउँपालिका हुन प्रत्येक गाउँपालिकाबासीले आफ्नो क्षमता अनुसार केही न केही व्यापार व्यवसाय गर्ने पर्ने बताउदै बिभिन्न ठाउँमा दिईएको तालिमलाई व्यवसायीक रुपमा अघि बढ्न अनुरोध समेत गर्नु भयो।
अन्तक्रिया कार्यक्रममा बोल्दै गढवा गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भक्तु चौधरीले आत्मबिस्वास बिना कुनै काम सफल नहुने बताउदै तन मन बचन र मिहेनतले लागे जस्तो सुकै जटिल काम पनि सफल हुने बताउनु भयो । गढवा गाउँपालिका र महिला उद्यम शाखाको ठुलो योगदान रहेको बताउदै चप्पल उत्पादनलाई निरन्तरता दिन अनुरोध समेत गर्नु भयो। सके जती चप्पल उत्पादन गर्नुस् बजारीकरण समस्या हुन दिदैनौ वडाध्यक्ष चौधरीले आश्वासन दिनु भयो।
त्यस्तै एक दिने बजारीकरण सम्बन्धी अन्तक्रिया कार्यक्रम गढवा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भक्तु चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रमको सहजिकरण गढवा गाउँपालिका २ नम्बर वडा सदस्य ओम प्रकाश चौधरीले गर्नु भएको थियो ।

