
Ksb
Nsb
Ssb
Fmb
Bsn
Tgp
Csb
Rsb
Ssb
Ksb
Ppu
Ksb
Rks
Gsb
Usb
jsb

Ssb
Tsb
Gsb
Usb
Hl1

Nps
ptl
Rgu
दाङ । देउखुरीको लमही नगरपालिकाका सबै बिद्यालयहरुमा प्रत्यक्ष पठनपाठन(फेस टु फेस मोड) नगरिने भएको छ । नगरपालिकामा सम्बन्धित बिद्यालयका प्र.अ.हरुको सोमबार बसेको आकस्मिक बैठकले कार्तिक १ गते देखि १५ गते सम्म नगरपालिका भित्रका सबै बिद्यालयहरुमा यो बिधि स्थगित गर्ने निर्णय गरेको हो ।
बिद्यालय खोलि पठनपाठन गर्दा थप कोरोना भाइरस(कोभिड-19)को संक्रमण फैलिन सक्ने सम्भावना भएकोले बिद्यालय बन्द गर्नु पर्ने सम्बन्धित सरोकारवाला निकायद्वारा सुझाव यस अघि आएको थियो । दुर शिक्षा तथा टोलटोलमा गइ पठनपाठन क्रियाकलाप भने अगाडि बढाउन सकिने स्रोतले जनाइएको छ ।
