मेगमन बुढा मंगलबार, आश्विन २७, २०७७

दाङ । रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर १ कुरेलिको खरिबोटमा शुक्रबारदेखि निशुल्क माक्स तथा सेनिटाइजर वितरण कार्य सुरु भएको छ ।

के गाउँ के शहर,रोक्नु छ सबै मिल कोरोनाको कहर !कोरोनालाई नियन्त्रण गर्न पहल गरौं,आफू पनि बचाैं,अरुलाइ पनि बचाअाैं भन्ने मुल नाराको साथमा प्रवासी युवा सेवा समाज कुरेली र क्यान्सर पीडित सहयोग समाज घोराही उपमहानगरपालिका वडा नम्बर १३ दाङको आयोजना तथा परिवर्तन गाउँपालिका वडा नम्बर १ को सहकार्य एवं समन्वयमा कोरोना भाइरस कोभिड उन्नाइसलाई रोकथाम गर्न वडा नम्बर एक कुरेलिको खरिबोट बजारमा रहेकोे प्रतीक्षालयद्वारा बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बजारमा माक्स नलगाई हिड्ने मानिसहरुलाई बोलाएर निशुल्क रुपमा माक्स र सेनिटाइजर वितरण कार्य आश्विन २३ गतेदेखि सुरु गरिएको हो ।

वर्तमान समयमा महामारीको रुपमा फैलिरहेको कोभिड १९ लाई रोकथामको लागि र समाजमा जनचेतनामूलक जगाउन संस्थाका स्वयंसेवक हरुवाट निशुल्क रुपमा माक्स तथा सेनिटाइजर वितरण गर्दै दैनिक स्कुल,कलेज र बजार क्षेत्र वरपर हिड्दुल गर्ने मानिसलाई अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गर्नु पर्छ भनि निशुल्क परामर्श सहित माक्स तथा सेनिटाइज वितरण गरिरहेको संस्थाका सल्लाहकार बिशाल रोका मगरले जानकारी दिनु भएको छ ।

त्यस्तै १ नम्बर वडा कार्यालयहरुमा संचालित विद्यालयहरु र गाउँघरमा संचालित आमा समुह लगायत सम्पुर्ण जनसमुदायहरुले पनि निशुल्क सर्जिकल माक्सको निम्ति यसै प्रतीक्षालयमा वडा कार्यालय संग समन्वय गर्नहुन समेत संस्थाले अनुरोध गरेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]