
Rgp
Rgp1
Pbu
pku
cjs
sbs
Srbpu
Lnp
Ggp
Pes
Gfs
Sgr
Djs
Unsku

Tsm
Asm
Rgu
Rgu
Ssm
Bbu
Ksm
Sbs
Sls
Gst
Wsp
Pvg
nsb
Bbbpu
Hal
Rsb
Vor
Rgs
Ggd

sab
Pls
bbt
Gsb
Bml
Jmb
Abd
Ptm
Mks
Syp
Jmb
Rmb
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने सिक्रहवा साेतामा आज घाइते अवस्थामा रहेको घडियाल गोही भेटिएको छ ।
सोतामा माछा मार्न गएका बालबालिकाले देखेर स्थानीयलाई खबर गरेका थिए । स्थानीयले सिक्रहवा सोतामा घडियाल गोहीदेखेपछि सब डिभिजन वन कार्यालय गढवालाई जानकारी दिएका थिए । घडियाल गोहीको टाउकाेमा चाेट लागेकाे छ । जानकारी पाएलगत्तै घटनास्थलमा वन कर्मचारी र प्रहरी तथा स्थानीय पुगेर उद्दार गरेका थिए।
त्यस्तै घाइते अवस्थामा रहेको गोहीलाई डिभिजन वन कार्यालय देउखुरी दाङको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय गढवाले जनाएको छ । घडियाल गोही संरक्षित वन्यजन्तु अन्तर्गत पर्छ। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले उद्दार गरेको घडियाललाई सुरक्षित ठाउँमा लगेर छोडिने बताउनु भयो । अहिले हामीले बाँके राष्ट्रिय निकुञ्जसंग समन्वय गरिरहेका छौं । गोही छाड्नको लागि सुरक्षित स्थान खोजेर छाडिने प्रमुख क्षेत्रीले जानकारी दिनु भयो ।
