Sidha Patra सोमबार, आश्विन २६, २०७७

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्वर २, मटेरियाको निजि सस्थागततर्फको फेमिली प्याराडाईज इङ्गलिस बोर्डिङ्ग स्कुललाई स्कुलकै अभिभावक तथा बुद्दिजिवि गढवा गाउँआलिका वडा नम्वर -७ चन्दनपुर निवासी मान बहादुर ओलि तथा हिरा ओलिले २ सय थान मास्क र ३ बोत्तल सेनिटाईजर सहयोग प्रदान गर्नु भएको छ ।

हाल विश्वभर माहामारिकोरुपमा फैलिएको कोरोना भाईरस (कोभिड -१९) बाट सुरक्षित हुनको लागि सेनिटाईजर र मास्कको प्रयोग गर्न जरुरी रहेपनि समाजमा अझै ब्यवाहारिकपक्षमा चेतनाको ज्ञान फैलाउन जरुरी रहदै आएको भने अर्कोतर्फ कतिपय बालबालिकाहरु आर्थिक पक्षको कमिले गर्दा मास्क/ सेनिटाईजर प्रयोग गर्न कठिन भएकाले आवश्यकताअनुसार स्कुलका बालबालिकाहरुलाई स्कुलको माध्यमबाट मास्क र सेनिटाईजर बितरण गरिदिनका लागि आफुले सहयोग गरेको बताउनुभएको छ ।
सहयोग धेरै ठुलो नरहेपनि सस्थागत बिध्यालयलाई गरिएको यो सहयोगलाई नमुनात्मक सयोगकोरुपमा बुझिदिनुहुन समेत सबैलाई अभिभावक ओलिले बताउनु भएको हो ।

सहयोगकोलागि धन्यवाद:

यसैबीच स्कुल परिवारलाई सहयोग प्रदान गर्नुहुने अभिभावक तथा बुद्दिजिवी ओलि परिवारलाई बिध्यालय परिवारको तर्फबाट स्कुल प्रशासनले धन्यवाद ज्ञापन गरेको बिध्यालय प्रशासन प्रमुख टोपेन्द्र खनालले जनाउनु भएको छ । सहयोगलाई सानो र ठुलोकोरुपमा तुलना गर्नुभन्दापनि सहयोग एउटा नमुनात्मक कार्यको उदाहरण हुने र यसप्रकारका उदाहरणीय कार्यले समाजमा भएका नकारात्मकपक्षलाई सकारात्मकपक्षमा रुपान्तरण गर्न सहज हुने खनालले बताउनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]