
Ksbus
Sdc
Ksbus
Ggp
Ggp
Asbus
Rgp
Msbus
Lnp


दाङ । तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८० को नीति तथा कार्यक्रममा श्रम अभियान समावेश गरेको छ ।
त्यस्तै उक्त अभियानमा जनप्रतिनिधि, स्थानीयवासी, युवासहित श्रम अभियानमा समावेश गर्ने नीतिमा उल्लेख छ । अभियानको बुधवारदेखि सुरु गरिएको छ । तुलसीपुर-हंशपुर सडकखण्ड अन्तर्गत तुलसीपुर ८ गहतेदेखि शान्तिनगरसम्मको सडकमा परेका खाल्डाखुल्डी सम्याउने काम सुरु भएको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा अभियान सुरु भएको हो ।
करिब ११ किलोमिटर सडक संघीय सरकारअन्तर्गत भएपनि जनताले खाल्डाखुल्डीका कारण निकै सास्ती व्यहोर्नु परेकाले पहिलो प्राथमिकतामा राखेर अभियान नै सुरु गरेको नगरप्रमुख टीकाराम खड्काले बताए ।बउनले श्रम अभियान अन्तर्गत सडक खाल्डाखुल्डी पुर्ने, सडकको पहिरो हटाउने, वृक्षरोपण, सरसफाइका कार्यक्रम रहेको बताए । अभियानमा पालिकाको यान्त्रिक साधनहरुको समेत प्रयोग भएका छन् । उक्त सडकखण्डमा अटो चलाउदै आएका ज्ञानु केसीले खाल्डाखुल्डी सम्याएसंगै दुर्घटना कम हुने बताए ।
त्यस्तै सडक क्षेत्रभित्र पर्ने वडा नं. ८ वडाध्यक्ष धर्मराज वलीले वर्षायाम सुरु भएसंगै त्यस सडकखण्डमा दर्जनौ स्थानमा खाल्डाखुल्डी परेको बताए । श्रम अभियानमा सहभागी युवा टोपेन्द्र बस्नेतले पालिकाले श्रम अभियान नै सुरुवात् गरेकोमा युवाहरुमा उत्साह थपेको बताए ।
