
Sdc
Ksbus
Ggp
Asbus
Ggp
Rgp
Msbus
Ksbus
Lnp


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्नी शोक परेको छ। प्रधानमन्त्री पत्नी सीता दाहालको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
प्रधानमन्त्री प्रचण्डको निजी चिकित्सक प्रा. डा. युवराज शर्माले आज बिहान ८ः३३ बजे सीता दाहालको निधन भएको जानकारी दिए । पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी )’बाट पीडित सीता दाहाल लामो समयदेखि बिरामी रहेकी थिइन्। अहिले भने उनलाई हृदयाघात भएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो।
त्यस्तै आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो। तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ। पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका थिए। अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन्।
