Sidha Patra बिहिबार, आषाढ १४, २०८०

कञ्चनपुर । नेपाली काङ्ग्रेस कञ्चनपुरका युवा नेता एवं समाजसेवी शिरोमणि कुमार ओझा(सुर्य)ले सवारी दुर्घटनामा परेर घाईते भएका पत्रकार आचार्य कृष्ण दमाईलाई खाद्यान्न समाग्री सहयोग गरेका छन् ।

बिहीबार काङ्ग्रेस नेता ओझाले आफ्नो घाईते पत्रकार आचार्य दमाईलाई पौष्टिक तत्वयुक्त खाद्यान्न सहयोग गरेका हुन् । समाजिक सेवा गर्ने उदेश्यले काङ्ग्रेस नेता ओझाले नेपाल पत्रकार महासंघ कञ्चनपुरका सहसचिव पहिलाद राना,पत्रकार महासंघ सुप प्रदेशका निर्वतमान सदस्य खडक कोली मार्फत घाईते पत्रकार दमाईको घरपरिवारलाई खाद्यान्न सहितका पौष्टिक तत्व हस्तान्तरण गरेका छन् ।

काङ्ग्रेस नेता ओझाले चामल, दाल,नुन,तेल,चिनी, चिउरा चियापत्ती सहित सरसफाई समाग्री साबुन, सोडा,कोलकेट,ब्रस सहितका समाग्री उपलब्ध गराएका छन् । दैनिक काम गरेर घर परिवारको गुजारा चलाउँदै आएका भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुरका स्थानीय समेत रहेका पत्रकार दमाई सवारी दुर्घटनामा घाईते भएसंगै घरमा खाद्यान्न संकट भएपछि काँग्रेस नेता ओझाले समाजिक सेवाको भावनाले सहयोग गरेको बताए ।

त्यस्तै घाईते पत्रकार आचार्य दमाईको घर परिवारले दलित समुदायको अधिकारका लागि लड्छु भन्ने अधिकारकर्मी, एनजिओकर्मी यस्तो संकटमा बेलामा समेत नहेरेको दुखेसो पोखेका छन् । दलितको अधिकार भन्दै विदेशबाट डलर भित्र्राएर तारे होटलमा फजुल खर्च गर्नु भन्दा यस्ता संकट मृत्युको मुखमा पुगेका दलित समुदायका होनहोर आचार्य समेत रहेका पत्रकार दमाईको स्वास्थ्य र समस्यामा चिन्ता समेत व्यक्ति नभएको भन्दै दमार्ई परिवार दुखित भएका छन् । धनीधनी दलित मान्छे केन्द्रीत आउने कार्यक्रम गरिब दलित समुदाय लक्षित नहुने कार्यक्रमले दलितका नाममा आउने बजेट सदुपयोग भन्दा दुरुपयोग मात्रै हुने गरेको कतिपय दलित समुदायका अगुवाको भनाई छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]