
Djs
Rgp1
Unsku
Pbu
Pes
Rgp
Ggp
cjs
Sgr
Srbpu
pku
sbs
Lnp
Gfs

Ksm
Rsb
Rgs
Ggd
Tsm
Sbs
Bbbpu
Asm
Hal
Ssm
Vor
Rgu
Gst
nsb
Pvg
Sls
Bbu
Wsp
Rgu

Bml
Ptm
Rmb
Gsb
sab
Rpp
bbt
Syp
Jmb
Jmb
Abd
Pls
Mks
दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले देशकै ठूलो र पहिलो पार्टी बनोस भन्ने आम जनताको चाहाना भएको बताउनु भएको छ । उहाँले छोटो समयमा जनताले दिएको अगाध मायालाई आत्मसात गरेर अगाडी बढ्ने पनि बताउनु भयो ।
आज लमहीमा पत्रकारसंग कुराकानी गर्दै सभापति पाठकले देशको आर्थिक र भौतिक विकासको समेत अपेक्षा गर्दै जनताले रास्वपालाई देशको चौथो शक्तिका रुपमा स्थापित गरेको बताउनु भयो । आगामी निर्वाचनमा जनताले देशकै ठूलो र पहिलो पार्टी होस भन्ने चाहेको उहाँको बुझाई छ ।
वैकल्पिक शक्तिका रुपमा उदयमान भएको पार्टी रास्वपालाई ठुला दलहरुबाट घेराबन्दी हुने काम भएको उहाँको आरोप छ । रास्वपाका नेताहरुलाई पटकपटक अनाहकमा दु:ख दिने, आक्रमण गर्ने, बदनाम गराउने, जनतालाई भ्रमित पार्ने र तथ्यहिन कुरा बजारमा ल्याउने सम्मका हर्कत भएको भन्दै त्यस्ता गलत कुराको पछि नलाग्न कार्यकर्ता तथा शुभचिन्तकलाई उहाँले आग्रह गर्नु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश स्तरीय दोस्रो पूर्ण बैठक आज शुक्रबार लमहीमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभापति देवराज पाठकको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।
पार्टीका महामन्त्री निलराज अधिकारीले संगठन प्रतिवेदन,केन्द्रीय संगठन विभाग सदस्य गणेश पौडेल तथा विभागीय प्रमुखहरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रदेश स्तरीय बैठकमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
