प्रिया स्मृति गजमेर शुक्रबार, आषाढ ०८, २०८०

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टी लुम्बिनी प्रदेशका सभापति देवराज पाठकले देशकै ठूलो र पहिलो पार्टी बनोस भन्ने आम जनताको चाहाना भएको बताउनु भएको छ । उहाँले छोटो समयमा जनताले दिएको अगाध मायालाई आत्मसात गरेर अगाडी बढ्ने पनि बताउनु भयो ।

आज लमहीमा पत्रकारसंग कुराकानी गर्दै सभापति पाठकले देशको आर्थिक र भौतिक विकासको समेत अपेक्षा गर्दै जनताले रास्वपालाई देशको चौथो शक्तिका रुपमा स्थापित गरेको बताउनु भयो । आगामी निर्वाचनमा जनताले देशकै ठूलो र पहिलो पार्टी होस भन्ने चाहेको उहाँको बुझाई छ ।

वैकल्पिक शक्तिका रुपमा उदयमान भएको पार्टी रास्वपालाई ठुला दलहरुबाट घेराबन्दी हुने काम भएको उहाँको आरोप छ । रास्वपाका नेताहरुलाई पटकपटक अनाहकमा दु:ख दिने, आक्रमण गर्ने, बदनाम गराउने, जनतालाई भ्रमित पार्ने र तथ्यहिन कुरा बजारमा ल्याउने सम्मका हर्कत भएको भन्दै त्यस्ता गलत कुराको पछि नलाग्न कार्यकर्ता तथा शुभचिन्तकलाई उहाँले आग्रह गर्नु भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश स्तरीय दोस्रो पूर्ण बैठक आज शुक्रबार लमहीमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सभापति देवराज पाठकको सभापतित्वमा बैठक सम्पन्न भएको हो ।

पार्टीका महामन्त्री निलराज अधिकारीले संगठन प्रतिवेदन,केन्द्रीय संगठन विभाग सदस्य गणेश पौडेल तथा विभागीय प्रमुखहरुले प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रदेश स्तरीय बैठकमा लुम्बिनी प्रदेशका १२ वटा जिल्लाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]