
Srbpu
Pbu
Djs
Gfs
Rgp
Lnp
sbs
pku
Rgp1
Sgr
cjs
Ggp
Unsku
Pes

Rgu
Asm
Wsp
Rgu
Ksm
Sbs
Ssm
Tsm
Rsb
Bbu
Ggd
Rgs
Hal
Vor
Gst
nsb
Sls
Bbbpu
Pvg

Ptm
Rmb
bbt
Rpp
Syp
Jmb
sab
Mks
Bml
Pls
Abd
Jmb
Gsb
दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज बुधबार लमहीमा सम्पन्न भएको छ ।
क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङले क्षेत्रमा रहेका पार्टीका संगठनहरुले नियमित बैठक बस्छनकी बस्दैन,टोल समिति गठन भाछकी छैन तथा अन्य साङठनिक गतिविधि चुस्त दुरुस्त गर्न र जनतासंग काङ्ग्रेसलाई जोड्न गरेका निर्णयलाई अक्षरस कार्यान्वयन गराउनका लागि क्षेत्रले आफ्ना सल्लाहकार र सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।
आज बसेको बैठकले राप्ती गाउँपालिका-१ मा सुशीला चौधरी, २ मा भुपेन्द्र घर्ती, ३ मा प्रिया स्मृती गजमेर, ४ मा तारा घिमिरे, ५ मा सम्साद अलि खाँ, ६ मा जोखु चौधरी, ७ मा गणेश चौधरी, ८ मा कृष्ण बहादुर चौधरी र ९ मा किरण विक्रम शाहलाई जिम्मेवारी दिइएको छ ।
लमही नगरपालिका -१ मा खेम चौधरी, २ मा गीता चौधरी, ३ मा उमाकान्त चौधरी, ४ मा गंगा चौधरी, ५ मा ध्रुब कुमार चौधरी, ६ मा बिनोद पाण्डे, ७ मा अजय न्यौपाने, ८ मा उर्मिला चौधरी र ९ मा तिलक बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।
त्यस्तै राजपुर गाउँपालिका- १ मा ओम प्रकाश यादव, २ मा बुद्धि चौधरी, ३ मा प्रकाश जिसी, ४ मा राम प्रसाद यादव, ५ मा दिनेश गिरी, ६ मा रीता विक र ७ मा सहजराम वर्मालाई जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी गढवा गाउँपालिका-१ मा खड्ग बहादुर विक, २ मा श्रीपद चौधरी, ३ मा अयोध्या प्रसाद चौधरी, ४ मा बालचन्द्र हमाल, ५ मा ओभा पाठक, ६ मा रत्न प्रसाद श्रेष्ठ, ७ मा सकुन्तला गिरी र ८ मा अब्दुल वाहाव सिद्दिकीलाई जिम्मेवारी प्रदान गरिएको छ ।
त्यस्तै घोराही उपमहानगरपालिका- १ मा गिरीराज गिरी, २ मा खुशल ओली ३ मा तारा गिरी र बलिराम केसीलाई ५ नम्वर वडामा खटाईएको छ ।
त्यस्तै अबदेखि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले घुम्ती बैठकको शुरूवात गर्ने भएको छ । क्षेत्रले हरेक महिनाको ६ गते पार्टी कार्यालय रातो डाडामा नियमित बैठक गर्दै आएको थियो । अब साउन ६ गतेदेखि देउखुरीका सबै क्षेत्र समेटिने गरि घुम्ती बैठक गर्न लागिएको क्षेत्रीय सचिव हरिहर शर्माले जानकारी दिनु भयो । यसैविच आज लमहीमा बसेको बैठकले आगामी साउन ६ गते नियमित बैठक घोराही उपमहानगर पालिका-५ मा पर्ने धारापानी मन्दिर परिसरमा गरिने भएको छ ।
सधै पार्टी कार्यालयमा बसेर छलफल गर्नु भन्दा १ नम्बर क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचारप्रसार पनि हुने र रिफ्रेसमेन्ट पनि हुने भएकोले यस्तो निर्णय गरेको क्षेत्रीय सभापति पाण्डेले जानकारी दिनु भयो । आउँदा दिनमा देउखुरी क्षेत्रमा रहेका बगार बाबा धाम रिहार, बाघनाथ बाबा धाम जंगलकुटी, जखेरा ताल, कठबेरुवा लगायतमा घुम्ती बैठक राखिने भएको छ ।दाङसमाचार
