Sidha Patra बुधबार, आषाढ ०६, २०८०

दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक आज बुधबार लमहीमा सम्पन्न भएको छ ।

क्षेत्रीय सभापति भेषराज पाण्डेको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति दाङले क्षेत्रमा रहेका पार्टीका संगठनहरुले नियमित बैठक बस्छनकी बस्दैन,टोल समिति गठन भाछकी छैन तथा अन्य साङठनिक गतिविधि चुस्त दुरुस्त गर्न र जनतासंग काङ्ग्रेसलाई जोड्न गरेका निर्णयलाई अक्षरस कार्यान्वयन गराउनका लागि क्षेत्रले आफ्ना सल्लाहकार र सदस्यहरुलाई जिम्मेवारी तोकेको छ ।

आज बसेको बैठकले राप्ती गाउँपालिका-१ मा सुशीला चौधरी, २ मा भुपेन्द्र घर्ती, ३ मा प्रिया स्मृती गजमेर, ४ मा तारा घिमिरे, ५ मा सम्साद अलि खाँ, ६ मा जोखु चौधरी, ७ मा गणेश चौधरी, ८ मा कृष्ण बहादुर चौधरी र ९ मा किरण विक्रम शाहलाई जिम्मेवारी दिइएको छ ।

लमही नगरपालिका -१ मा खेम चौधरी, २ मा गीता चौधरी, ३ मा उमाकान्त चौधरी, ४ मा गंगा चौधरी, ५ मा ध्रुब कुमार चौधरी, ६ मा बिनोद पाण्डे, ७ मा अजय न्यौपाने, ८ मा उर्मिला चौधरी र ९ मा तिलक बुढाथोकीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै राजपुर गाउँपालिका- १ मा ओम प्रकाश यादव, २ मा बुद्धि चौधरी, ३ मा प्रकाश जिसी, ४ मा राम प्रसाद यादव, ५ मा दिनेश गिरी, ६ मा रीता विक र ७ मा सहजराम वर्मालाई जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी गढवा गाउँपालिका-१ मा खड्ग बहादुर विक, २ मा श्रीपद चौधरी, ३ मा अयोध्या प्रसाद चौधरी, ४ मा बालचन्द्र हमाल, ५ मा ओभा पाठक, ६ मा रत्न प्रसाद श्रेष्ठ, ७ मा सकुन्तला गिरी र ८ मा अब्दुल वाहाव सिद्दिकीलाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै घोराही उपमहानगरपालिका- १ मा गिरीराज गिरी, २ मा खुशल ओली ३ मा तारा गिरी र बलिराम केसीलाई ५ नम्वर वडामा खटाईएको छ ।

त्यस्तै अबदेखि नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ ले घुम्ती बैठकको शुरूवात गर्ने भएको छ । क्षेत्रले हरेक महिनाको ६ गते पार्टी कार्यालय रातो डाडामा नियमित बैठक गर्दै आएको थियो । अब साउन ६ गतेदेखि देउखुरीका सबै क्षेत्र समेटिने गरि घुम्ती बैठक गर्न लागिएको क्षेत्रीय सचिव हरिहर शर्माले जानकारी दिनु भयो । यसैविच आज लमहीमा बसेको बैठकले आगामी साउन ६ गते नियमित बैठक घोराही उपमहानगर पालिका-५ मा पर्ने धारापानी मन्दिर परिसरमा गरिने भएको छ ।

सधै पार्टी कार्यालयमा बसेर छलफल गर्नु भन्दा १ नम्बर क्षेत्रमा रहेका धार्मिक तथा ऐतिहासिक स्थलहरुको प्रचारप्रसार पनि हुने र रिफ्रेसमेन्ट पनि हुने भएकोले यस्तो निर्णय गरेको क्षेत्रीय सभापति पाण्डेले जानकारी दिनु भयो । आउँदा दिनमा देउखुरी क्षेत्रमा रहेका बगार बाबा धाम रिहार, बाघनाथ बाबा धाम जंगलकुटी, जखेरा ताल, कठबेरुवा लगायतमा घुम्ती बैठक राखिने भएको छ ।दाङसमाचार

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]