
Bs1
ksbus
Gsl
Pbu


दाङ । राष्ट्रिय जनमोर्चाले नागरिकता विधेयक विषयमा जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख अधिकारी सुशील वैधलाई ज्ञापन पत्र बुझाएको छ ।
राजमो दाङका अध्यक्ष गणेश आचार्यको नेतृत्वमा कोसाध्यक्ष्य हरि खरेल, अखिल नेपाल युवक संघ पुर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, राजमो सदस्य रामप्रसाद पोख्रेल, मनिराम खनाल, हरि बञ्जाडे, खडानन्द खनाल, चन्द्र वहादुर नेपाली, पोषण नेपाली, अखिल नेपाल ट्रेड यूनियन दाङ जिल्ला सचिव कमल पन्थी र भिमकान्त पन्थी सहभागी हुनुहुन्थ्यो । अध्यक्ष आचार्यले ज्ञापन पत्र पढेर सुनाउनुभएको थियो ।
त्यस्तै वर्तमान सरकारले भारतको समर्थन प्राप्त गर्न र आफ्नो सरकारको आयु लम्ब्याउनका लागि नै गैरकानुनी तथा गैरसंसदीय बाटोबाट नागरिकता विधेयक राष्ट्रपतिलाई प्रमाणिकरण गर्न लगाएर नेपालको राष्ट्रिय हित विरुद्ध सौदाबाजी गर्ने कार्य गरेको र सरकारले नागरिकता बनाउन अनुमति दिईसकेकोले यस बिषयमा राजमोले आपत्ति जनाएको छ।
