
Rgp1
sbs
Pes
pku
Unsku
Ggp
Gfs
cjs
Sgr
Srbpu
Lnp
Rgp
Djs
Pbu

Ksm
Bbu
Sls
Bbbpu
Pvg
Sbs
Rsb
Gst
Wsp
nsb
Ggd
Hal
Rgu
Vor
Asm
Tsm
Ssm
Rgs
Rgu

Rmb
Jmb
Syp
bbt
Rpp
Bml
sab
Abd
Gsb
Jmb
Ptm
Mks
Pls
दाङ । राष्ट्रघाती नागरिकता बिधेयकको खारेजी र भारतद्वारा लुम्बिनी,कपिलवस्तु लगायतका नेपाली भूमि भारतीय नक्सामा समावेश गरेको बिरूद्ध आज राष्ट्रिय जनमोर्चा तुलसीपुर नगर समितिले विरोध सभाको कार्यक्रम गरेको छ ।
यश अघि संसदले पारित गरेको तर तात्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी रोकेर राखेको नागरिकता विधेयक हालै राष्ट्रपति रामचन्द्र पोैडेलले प्रमाणीकरण गर्नु भएको थियोे । अंगिकृत नागरिकता पाएकाहरूबाट जन्मेका सन्तानलाई र नेपालमा जन्मेका गैर नेपालीका सन्तानलाई समेत जन्मका आधारमा बंसजको नागरिकता दिने प्रावधान सहित नागरिकता विधेयकको प्रमाणीकरणका विरूद्ध राष्ट्रिय जनमोर्चाले देशव्यापी बिरोधका कार्यक्रमहरू गर्दै आएको छ ।
दाङ तुलसीपुरको विपि चोैकमा भएको विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङ जिल्ला समितिका सदस्य तथा तुलसीपुर नगर समितिका अध्यक्ष इश्वरी प्रसाद भण्डारीले नागरिकता बिधेयकका माध्यमबाट देश फिजिकरणको दिसामा गएको भन्दै नेपाली वीर शहिदले जोगाएको देश नेपालका कथित प्रजातन्त्रवादी, कथित जनवादी, कथित समाजवादीहरूले भारतीय साम्राज्यबादको पाउमा चढाउन कोसिस गरेको बताउनु भयो ।
जवारलाल नेहरूको पालादेखि भारतले नेपाललाई गाभ्न खोजेको बताउदै भारतको ईच्छा नेपालका राष्ट्रघाती नेताहरूले पूरा गर्न खोजेको बताउनु भयो । भण्डारीले सभालाई सम्बोधन गर्दै राष्ट्रपतिबाट देशको राष्ट्रियताको घाँटी निमोठने काम गरेको बताउदै मातृभूमिको रक्षाका लागि जनता एकताबद्ध हुनु पर्नेमा जोड दिनु भयो ।
विरोध सभालाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) दाङ जिल्ला प्रबक्ता भरत भण्डारीले भारतको संसदमा नेपाली भूमि समेत समावेश गरिएको नक्सा सार्वजनिक गरेर साम्राज्यवादको असली रूप देखाएको बताउनु भयो । भारतले नेपालको सयोैं ठाउमा हज्जारौं हेक्टर जमिन कब्जा गरेको,अहिले पनि नेपाली भूमी कालापानीमा भारतीय सैनिक अखडा राखेको,सुस्ता, पशुपतिनगर लगायतका सयोैं ठाउमा नेपालको भूमि अतिक्रमण गरेको बताउदै भारतीय शासक बर्गको हेपाह प्रवितृका विरूद्ध नेपाल कम्युनिस्ट पार्टी (मसाल) चरणबद्ध अन्दोलनमा रहेको बताउनु भयो ।
विरोध सभालाई सम्बोधन गर्दै उहाँले संघियताका कारण देशको साधारण खर्च अस्वभाविक रूपमा बढ्न गई देशको अर्थतन्त्र धराशाहि हुन पुगेको बताउनु भयो । आफ्नो पार्टीले शुरूदेखि नेपालका लागि संघियता गलत भन्दै बिरोध गरेको तर ठुला भनिएका पार्टीहरूको हठका कारण संघियता लागू भएको बताउदै,संघियता खारेज नभए देश असफल राष्ट्रमा परिणत हुने र यहि माैका छोपी छिमेकीले झन धेरै हडप्ने बताउनु भयो ।
विरोध सभालाई अखिल नेपाल किसान महासंघ (अफ्फा) का दाङ जिल्ला अध्यक्ष ऋषिराम पोैडेलले संचालन गर्नु भएको थियो ।

