
Srbpu
pku
Rgp
Unsku
Rgp1
Pbu
Sgr
Ggp
Lnp

Bbu
Ggd
Sls
Sbs
Rgu
Asm
Wsp
Gst
Rgu
Bbbpu
Tsm
Rgs
Ksm
Ssm
Rsb
nsb
Pvg
Hal
Vor

bbt
Jmb
sab
Gsb
Jmb
Ptm
Rmb
Syp
Abd
Bml
Pls
Rpp
Mks
दाङ । खानेपानी सरसफाई र स्वच्छताको क्षेत्रमा लुम्बिनी प्रदेशलाई नमूना प्रदेशको रुपमा अघि बढाउने पहल थालीएको छ ।
त्यसका लागी भएका मुहान र स्रोतको सरक्षण, जलबायु अनुकुलन योजना,लैङगिक समानता र अपाङग तथा समोबशी सहभागिता,बिपद जोखीम न्युनिकरण स्थानिय सरकार र खानेपानी उपभोक्ताहरु बिचको समन्वयकारी भुमिका र खानेपानी स्वच्छता र सरसफाईको क्षेत्रमा महीला सहभागिता अभिबृद्धी सहित खेरजाने पानीको सिचितिकरणका लागी एक घर एक करेसा पोखरीको अबधारणालाई अघि बढाउने गरि छलफल थालीएको हो ।
लुम्बिनी प्रदेशमा हाल ९५ प्रतिशत जनता आधारभूत खानेपानी सेवाको पहुचमा रहेपनी अझै पनि करिब ४० प्रतिशत उपभोक्ताहरु भने सुरक्षित खानेपानीको पहुँचमा पुग्न नसकेको खानेपानी ग्रामिण तथा शहरी बिकाश महाशाखाका प्रमुख गुणनिधि पोख्रेलले बताउनु भयो । आधारभूत खानेपानीको पहुँचसम्म पुग्न नसकेका नागरिकलाई आधारभूत खानेपानी सेवा उपलब्ध गराउन र सबैलाई सुरक्षित खानेपानी सेवा उपलब्ध गराउन मनत्रालय र सहकार्य गर्ने निकायका बिच समन्वय गरेर अघिबढ्नु आजको आबश्यकता हो पोखरेलले भन्नु भयो ।
त्यस्तै पन्ध्रौ पन्चवर्षीय योजनाको अन्तयसम्म ९९ सय प्रतिशत नागरिकलाई आधारभूत खानेपानी र आधारभुत सरसफाई सेवा पुर्याउने गरि निति र कार्यक्रमहरु अघि बढाउन आबश्यक रहेको सो अबसरमा जानकारी गराईएको थियो । कार्यक्रममा स्थानीय सरकार प्रदेश सघीय खानेपानी मनत्रालय र उपभोक्ता बीच समन्वयकारी भुमिका अभिबृद्धी गर्ने खानेपानी सेवा बिस्तार स्वास्थ्य र सरसफाइ सम्बन्धि क्षमता बिकाश कार्यक्रम राख्ने र त्यसमा महिलाको पहुँच बढाउन जरुरी रहेको धारणा ब्यक्त गरिएको छ ।
खानेपानी ग्रामिण तथा शहरी बिकाश मन्त्रालयको आयोजनामा लुम्बीनी प्रदेशका स्थानीय तहका जनप्रतिनिधि,खानेपानी सम्बन्धि सरोकारवाला निकायका बीच लुम्बीनी प्रदेशमा खानेपानीको र्बतमान अबस्था चुनोति र समाधानको बिकल्पको बारेमा बृहत छलफल भएको थियो । ग्रामिण खानेपानी तथा शहरी बिकाश मन्त्रालयका सचिब जक्कीमहमद अन्सारीको अध्यक्षता र तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथयतामा भएको कार्यक्रममा ग्रामिण खानेपानी तथा शहरी बिकाश मनत्रालयका योजना महाशाखा प्रमुख गुणनिधि पोखरेल,खानेपानी मनत्रालयका प्रभात श्रेष्ठले खानेपानीको बिधमान अबस्था र अबको योजनाको बिषयमा जानकारी गराउनु भएको थियो ।
त्यस्तै सो अबसरमा उपभोक्ता सस्थामा न्युनतम ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने लगायतका विषयमा छलफल भएको थियो । विभिन्न सात वटा समुहमा खानेपानी सरसफाई र सवच्छताको प्रभाबकारी कार्यान्वयनका लागी अपनाईनु पर्ने साबधानी र उपायका बिषयमा सुझाब सकलन गरिएको थियो । सकलित सुझाब र परार्मशको आधारमा खानेपानीको भाबी योजना तर्जुमामा सहयोग पुगने अपेक्षा गरिएको छ । कार्यक्रममा लुम्बीनी प्रदेशका सथानीय तह र सरोकारवाला निकायको सहभागिता थियो ।

