Sidha Patra बिहिबार, जेठ १८, २०८०

दाङ । घोराहीको एक इलेक्ट्रोनिक पसलको गोदाममा आगलागी भएको छ । बिहीबार मध्याह्न १२ बजे घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित बन्जाडे इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ।

सो गोदाममा आगलागी भएको एक घण्टाभित्रै स्थानीय,सेना प्रहरी र घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिएको थियो । आगलागीबाट इलेक्ट्रोनिक्स सामग्रीहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी वीरबहादुर ओलीले जानकारी दिनु भयो ।

त्यस्तै गोदाममा विद्युत् सट हुँदा आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]