दिनेश रैदाश शनिबार, जेठ १३, २०८०

दाङ । राष्ट्रिय जनमोर्चा, दाङको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा २५ पूर्ण र ४ वैकल्पिक र ७ सल्लाहकार सहितको जिल्ला समिति चयन गरेको छ ।उपाध्यक्षमा महेश रिजाल,सचिव वसन्राज पाैडेल शर्मा,सह-सचिव कृष्णा राना र कोषध्यक्ष्यमा हरी खरेल चयन हुनु भएको छ । २ सदस्यीय सचिवालयमा शुक्रराज भण्डारी र केशवराज खनाल चयन हुनुभएको छ ।

पूर्ण सदस्यहरुमा हुमादेवी मास्के,ठाकुर आचार्य,दिनमणि आचार्य,चन्द्रवहादुर नेपाली,नवराज शर्मा, शुशिल पोख्रेल, कपिलदेव खनाल,देव वहादुर विक टुकमान कवर,ईश्वरी भण्डारी,दुर्गा भण्डारी,सिता पाैडेल,वीरबहादुर चौधरी,हरी थापा,ठाकुर भण्डारी, कुलचन्द्र पोख्रेल राम प्रसाद पोख्रेल र चन्द्र वहादुर रावत चयन हुनु भएको छ ।

वैकल्पिक सदस्यहरुमा राम फकिरे रैदास, चम्फा भुषाल, विस्ना पाैडेल र सर्मिला चौधरी चयन हुनु भएको छ । यस्तै, सम्मेलनले नर वहादुर केसी, श्यामलाल पोख्रेल,खडानन्द खनाल,दोर्ण घर्ति, ङनुकान्त आचार्य,पदम गोराथोकी र दुर्गा खनाललाई सल्लाहकार चयन गरेको छ ।

सम्मेलनले संगठनको सागठानिक प्रतिवेदन,विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गरेको छ । ‘गणतन्त्र,धर्मनिपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेज गरौ ! महङ्गी, भ्रष्टचार तथा सबै खाले बेथितिको विरुद्ध पाचौँ जिल्ला सम्मेलन सफल पारौ!!’भन्ने मूल नाराका साथ आयोजना गरिएको जिल्ला सम्मेलनको उद्घाटन राजमो महासचिव मनोज भट्टले गर्नु भएको थियो ।

घोराही स्थित शिरडी साई सभाहलमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]