
Rgp1
Ggp
Djs
cjs
Pbu
Unsku
Rgp
Pes
Gfs
Srbpu
sbs
Sgr
Lnp
pku

nsb
Ggd
Sls
Hal
Wsp
Bbbpu
Bbu
Ksm
Vor
Rgu
Rsb
Tsm
Rgs
Asm
Ssm
Rgu
Sbs
Gst
Pvg

Abd
Jmb
Gsb
bbt
sab
Bml
Rmb
Rpp
Syp
Jmb
Pls
Mks
Ptm
दाङ । राष्ट्रिय जनमोर्चा, दाङको पाचौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले गणेश आचार्यको अध्यक्षतामा २५ पूर्ण र ४ वैकल्पिक र ७ सल्लाहकार सहितको जिल्ला समिति चयन गरेको छ ।
उपाध्यक्षमा महेश रिजाल,सचिव वसन्राज पाैडेल शर्मा,सह-सचिव कृष्णा राना र कोषध्यक्ष्यमा हरी खरेल चयन हुनु भएको छ । २ सदस्यीय सचिवालयमा शुक्रराज भण्डारी र केशवराज खनाल चयन हुनुभएको छ ।
पूर्ण सदस्यहरुमा हुमादेवी मास्के,ठाकुर आचार्य,दिनमणि आचार्य,चन्द्रवहादुर नेपाली,नवराज शर्मा, शुशिल पोख्रेल, कपिलदेव खनाल,देव वहादुर विक टुकमान कवर,ईश्वरी भण्डारी,दुर्गा भण्डारी,सिता पाैडेल,वीरबहादुर चौधरी,हरी थापा,ठाकुर भण्डारी, कुलचन्द्र पोख्रेल राम प्रसाद पोख्रेल र चन्द्र वहादुर रावत चयन हुनु भएको छ ।
वैकल्पिक सदस्यहरुमा राम फकिरे रैदास, चम्फा भुषाल, विस्ना पाैडेल र सर्मिला चौधरी चयन हुनु भएको छ । यस्तै, सम्मेलनले नर वहादुर केसी, श्यामलाल पोख्रेल,खडानन्द खनाल,दोर्ण घर्ति, ङनुकान्त आचार्य,पदम गोराथोकी र दुर्गा खनाललाई सल्लाहकार चयन गरेको छ ।
सम्मेलनले संगठनको सागठानिक प्रतिवेदन,विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गरेको छ । ‘गणतन्त्र,धर्मनिपेक्षता तथा राष्ट्रियताको रक्षा र संघीयताको खारेज गरौ ! महङ्गी, भ्रष्टचार तथा सबै खाले बेथितिको विरुद्ध पाचौँ जिल्ला सम्मेलन सफल पारौ!!’भन्ने मूल नाराका साथ आयोजना गरिएको जिल्ला सम्मेलनको उद्घाटन राजमो महासचिव मनोज भट्टले गर्नु भएको थियो ।
घोराही स्थित शिरडी साई सभाहलमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको सम्मेलनले नयाँ नेतृत्व चयन गरी सम्पन्न भएको हो ।
