
Pbu
Bs1
Gsl
ksbus


दाङ । राष्ट्रिय जनमोर्चा पार्टी जिल्ला समिति दाङ देउखुरीको ५ औं जिल्ला सम्मेलन उद्घाटन सत्र एक कार्यक्रमको बीचमा शुक्रबार सम्पन्न भएको छ ।
राजमो जिल्ला समिति दाङ देउखुरीका अध्यक्ष गणेश आचार्यको अध्यक्षता तथा राजमो महासचिव मनोज भट्टको प्रमुख आतिथ्यतामा दीप प्रज्ज्वलन गरेर सम्पन्न उद्घाटन सत्रमा ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो।
जिल्ला उपाध्यक्ष महेश रिजालको स्वागत मन्तब्यबाट शुरु भएको उद्घाटन समारोहलाई प्रमुख अतिथि महासचिब भट्टले सम्बोधन गर्नु हुदै अहिले देशको स्थिति नाजुक भइरहेको र यसमा जिम्मेवार विगतदेखि हालसम्मका राज्य सञ्चालन गरिरहेका नेका,नेकपा माओवादी,नेकपा एमाले र मधेसवादी जिम्मेवार रहेका छन् भन्नु भयो। साथै उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाको नाम सार्बजनिक भए पनि १६ जना मात्रै प्रहरीको नियन्त्रण रहेकाे र अरू सवै फरार गराइएको हुँदा तत्काल नियन्त्रणमा लिई दोषीलाई कानुनको कठघरामा ल्याउन राज्यसँग माग गर्नु भयो।
त्यस्तै उहाँले अमेरिकी गुप्तचर विभाग यात्रीआईको नक्कली भुटानी शरणार्थी प्रकरणको देशभित्रै प्रवेश गरेर गहिरो अध्ययन पश्चात उसले दिएको रिपोर्टका आधारमा याे काण्ड सार्वजनिक भएको राजनीतिक विश्लेषकहरुले बताएका छन्। उक्त प्रकरणमा पुर्व गृहमन्त्री, उपप्रधानमन्त्री र राज्यको ब्युरोक्रेसिमा रहेका उच्च पदस्त सचिव समेत राजनीतिक दलका शिर्ष नेताहरुका परिवारका सदस्य र नातागोता समेत संलग्न भएको खतरनाक चित्रण प्रस्तूत गर्नु भयाे। तर ति दोषीहरुलाई हदै सम्मको कारवाही र सजाय गर्न राज्य कतिको संवेदनशिल बन्छ यो हेर्न बाकिरहेको बताउनु हुदै यस प्रकारका राष्ट्रघाति काण्डमा दोषीलाई सजाय गर्न विगतमा राज्य झुकेको हुँदा कारवाही कतिको अगाडी बढ्छ भन्न आशंका व्यक्त गर्नु भयो।
जिल्ला सचिव वसन्तराज पौडेलको सन्चालनबाट शुरू भएको उद्घाटन समारोहलाई अखिल नेपाल युवक संघका पुर्व केन्द्रिय अध्यक्ष काशीनाथ पोख्रेल, नेपाल कम्युनिस्ट मसाल दाङका प्रवक्ता भरत भण्डारी,राजमो केन्द्रिय सदस्य कमला जिसी, अखिल नेपाल जनजाति सम्मेलनका केंद्रीय उपाध्यक्ष रमेशमान गुरुङ, अखिल नेपाल किसान महासंघका केन्द्रिय कोसाध्यक्ष प्रेम नारायण आचार्य, अखिल नेपाल युवकसंघका केन्द्रित उपाध्यक्ष चित्र एमसी,अखिल नेपाल ट्रेडयुनियन महासंघ (अन्तुक) दाङका अध्यक्ष हरिबहादुर थापा,जातिय सम्तासमाज दाङका अध्यक्ष सूर्यलाल नेपाली, अखिल नेपाल शिक्षक संघका अध्यक्ष रुमाल प्रसाद बस्याल,रक्तिम सांस्कृतिक अभियानका केन्द्रिय कोसाध्यक्ष्य अनन्त आचार्य,अखिल छैंठौका जिल्ला सचिब दिनेश रैदास,अखिल नेपाल बुद्धिजिवी संघका अध्यक्ष चुनचुन केसी,अखिल नेपाल उद्योग व्यापार संघ दाङका अध्यक्ष कावा तारा प्रसाद खनाल,प्रगतिशील पत्रकार संघ नेपाल जिल्ला समिति दाङका सदस्य बलदेव विक,अखिल नेपाल प्रगतिशील लेखक सङ्घका मनिराम खनाल,अखिल नेपाल महिला संघ जिल्ला सदस्य हीरा खनाल,सहिद परिवारको तर्फबाट ङनुकान्त आचार्य लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
यस्तै उद्घाटन समारोहमा पार्टीका जेष्ठ सदस्य बुद्धिराम खड्का, ढुण्डीराज खनाल, प्रेमलाल पोख्रेल र १९ दिने जनआन्दोलनका घाइते खगाप्रसाद पोख्रेललाई महासचिब भट्टले अबिर लगाई खादा ओढाएर सम्मान गर्नु भएको थियो। अहिले बन्दसत्र शुरु भइसकेको छ। सो बन्दसत्र भोलि सम्म चल्ने आयोजकले जानकरी गराएको छ।
