
cjs
Lnp
Gfs
Pes
Pbu
Djs
Unsku
Rgp1
sbs
Sgr
Rgp
Ggp
Srbpu
pku

Bbbpu
Rgu
Rsb
Sbs
Hal
Wsp
Vor
nsb
Rgu
Asm
Sls
Gst
Ksm
Pvg
Tsm
Ssm
Bbu
Rgs
Ggd

Abd
Rpp
Ptm
Jmb
bbt
Gsb
Syp
Mks
Bml
Jmb
Rmb
sab
Pls
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आजदेखि अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गतेदेखि पक्राउ परेकाहरुको आजदेखि अदालती बयान सुरु हुन लागेको हो।
सो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी,पूर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे,तत्काालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, काङ्ग्रेस नेता केशव दुलाल,सानु भण्डारी,सन्देश शर्मा लगायतलाई पक्राउ गरिएको थियो।
त्यस्तै गत सोमवार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले बुधवार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्दा दर्ता गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सह न्यायाधिवक्ता अच्युतमणि नेउपानेका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणको बयान थुनछेक बहस सकिनै करिब दुई साता लाग्नेछ।
यस्तै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुखसमेत रहेका सह न्यायाधिवक्ता नेउपानेका अनुसार शुक्रवार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने छ । त्यसपछि पेसी तोकिएका न्यायाधीशकै सामुन्ने प्रतिवादीहरुको बयान लिइने छ।
