
Rgp
Unsku
Sgr
Rgp1
Pbu
pku
Srbpu
Ggp
Lnp

Asm
Ggd
Gst
Vor
Hal
nsb
Sbs
Rgs
Rgu
Tsm
Bbu
Rgu
Ksm
Ssm
Wsp
Pvg
Sls
Bbbpu
Rsb

Bml
Ptm
Abd
Rmb
Gsb
bbt
Rpp
Syp
Pls
Mks
sab
Jmb
Jmb
धनगढी । मंगलबार राति आएको हावाहुरीसँगै परेको चट्याङले बैतडीमा ठुलो क्षति पुगेको छ। जिल्लाका विभिन्न स्थानमा भएको क्षतिको विवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
अहिलेसम्म प्राप्त विवरणअनुसार हावाहुरीसँगै परेको चट्याङबाट किसानका बाख्रादेखि भैँसीसम्म मरेको विवरण प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाको पञ्चेश्वरी गाउँपालिका वडा नम्बर ५ रन्तोलीमा स्थानीय जनकसिंह भण्डारीको घर नजिकै आगनमा परेको चट्याङबाट गोठभित्र रहेको एउटा गाई मरेको छ। साथै घरमा जडान गरिएका विद्युतका तारहरु पूर्ण रुपमा जलेर नष्ट भएको छ। क्षतिको थप विवरण संकलन गर्न प्रहरी चौकी बलाराबाट प्रहरी वरिष्ठ हवल्दार थिरबहादुर डौडीको कमाण्डमा दुई प्रहरी खटाइएको छ।
त्यस्तै मेलौली नगरपालिका–७ काँडाका जयदेब भट्टको गोठमा रहेका दुई बाख्रा र शंकरदत्त भट्टको गोठमा रहेको एक बाख्रा चट्याङमा परेर मरेको खबर प्राप्त भएको छ। क्षतिको थप विवरणका लागि ईलाका प्रहरी कार्यालय तश्वदेहीबाट प्रहरी वरिष्ठ नायव निरीक्षक हरजितको कमाण्डमा तीन जना प्रहरी टोली खटाइएको छ।
यस्तै जिल्लाको दोगडाकेदार गाउँपालिका–७ मा रामदत्त भट्टको गोठमा बाँधेको भैँसी चट्याङ लागेर मरेको छ। सो क्षेत्रमा घटनाको पूर्ण विवरण संकलन गर्न प्रहरी चौकी खोचलेखबाट प्रहरी सहायक निरीक्षक नवलसिंह भाटको कमाण्डमा दुई जना प्रहरी खटाइएको छ। दोगडाकेदार गाउँपालिका–७ कै गैडेगडा चदेपानीमा कृष्णनन्द भट्टको गाई गोठमा परेको चट्याङले गोठमा बाधेको भैसीको मरेको छ।
थप विवरण संकलनका लागि प्रहरी खटाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा भएका घटनाहरुको विवरण संकलन गर्ने काम जारी नै रहेको प्रहरीले जनाएको छ। साथै हावाहुरीले स्थानीयका घरमा समेत क्षति पुगेको छ। विभिन्न विद्यालयको छाना उडाएको छ। पाटन नगरपालिका–१० पनालीमा रहेको सिद्धसिगास आधारभूत विद्यालयको भवनमा हावाहुरीले क्षति पुर्याएको छ।
त्यसैगरी विद्यालयको दुई कोठाको छानो उडाएको पाइएको छ। यस्तै पाटन नगरपालिका–८ मा ५ घरमा क्षति पुगेको छ। हावाहुरीले स्थानीयका घरका छानो उडाएको छ। खोडपे बजारमा रहेको धनबहादुर कुवँर, डम्बरसिंह बिष्ट र केशव भट्टले सञ्चालन गर्दै आएको पसलको छानो उडाएको छ। खोड्पे बजारमै रहेको गगनसिंह महराको पसलमा पनि हावाहुरीले क्षति पुगाएको छ। पाटन नगरपालिका–८ आरुबाटामा पदमसिंह बिष्टको पसलमा पनि हावाहुरीले क्षति पुगाएको छ।दिनेशखबर
