
cjs
Rgp1
Rgp
Lnp
Ggp
Sgr
sbs
Srbpu
Pbu
Pes
Unsku
pku
Djs
Gfs

Rgs
Bbu
Ggd
Ksm
nsb
Tsm
Gst
Ssm
Wsp
Sbs
Rgu
Bbbpu
Pvg
Vor
Rgu
Asm
Hal
Rsb
Sls

Mks
Rmb
Abd
bbt
Jmb
Gsb
Syp
Ptm
Pls
Jmb
Rpp
Bml
sab
दाङ । परम्परागत सोंच र अनुत्पादक प्रणालीका कारण नेपाली समाजमा बढिरहेको बेरोजगारीले अराजकता तथा बिकृती र बिसंगति बढाईरहेको लुम्बिनी प्रदेश सरकारका पुर्व स्वास्थ्यमन्त्री इन्द्रजित थारुले बताउनु भयो ।
वर्तमान समाजले नयाँ प्रबिधिको अबलम्बन गर्न नसकिरहेको र पुरानो प्रबिधीलाई मन नपराएको कारण पनि बेरोजगारीको समस्या बढिरहेको उहाँले बताउनुभयो । वर्तमान अवस्थामा उत्पादनमुखि लगानी राज्यको पोलिसी रहेको र उनुत्पादक क्षेत्रमा राज्यले लगानी नगर्ने सिष्टमको बिकास हुदै गरेको कार्यक्रममा उहाँले बताउनुभयो ।
गढवा र राजपुर गाउँपालिकाका १५ वटा वडाहरु कार्यक्षेत्र रहेको समुदायमा आधारीत कार्यसञ्जाल संस्था दक्षिण देउखुरी अधिकार मञ्च मताहतको समाज परिवर्तन मूल समिती गोबरडिहाको मंगलबार सम्पन्न दशौं बार्षिक साधारणसभालाई संबोधन गर्दै सांसद थारुले यस्तो बताउनु भएको हो । कृषकहरु समूह मार्फत संगठित भै आधुनीक तवरबाट पशुपालन र कृषि उत्पादन प्रणालीलाई मजबुत बनाउँदै स्वरोजगार र आत्मनिर्भरताको बाटोतर्फ उन्मुख हुनुपर्ने उहाँको भनाई थियो ।
मूल समितिका अध्यक्ष शोभा रावतको अध्यक्षता र लुम्बिनी प्रदेश सरकारका सांसद इन्द्रजित थारुको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा संस्थाका सचिव शिबकुमार चौधरीले आर्थिक तथा संस्थागत प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने बर्षभरीमा उत्कृष्ट कार्य गरे वापत ज्योति कृषक समूहलाई प्रोत्साहन–पत्र द्धारा सम्मान गरिएको थियो । उक्त मूल समितिले १ करोड १३ लाख ९० हजार बराबरको रकम सस्तो ब्यजमा कषकहरुलाई ऋण लगानी गरेको कार्यक्रममा बताईएको हो ।
सो अवसरमा दक्षिण देउखुरी अधिकार मञ्चका अध्यक्ष देवराज कुँवर, वडा सदस्यहरु आशाराम चौधरी, बिमा चौधरी, प्रमिला नेपाली, पत्रकार शिबराज पन्थी, दियालो मूल समितिका अध्यक्ष चित्रबहादुर खड्का र गोबरडिहा सामुदायिक वनका अध्यक्ष शिबकुमार यादव लगायतले बोल्नु भएको थियो । दक्षिण देउखुरी अधिकार मञ्चले गढवा र राजपुर गाउँपालिका क्षेत्रमा बिपन्न र सिमान्तकृत समूदायका नागरिकहरुलाई संगठित गर्दै उनिहरुलाई आत्म निर्भर र स्वाबलम्बि बनाउन जिविकोपार्जनका बिभिन्न कार्यक्रमहरु पशुपंक्षिपालन, तरकारी खेति र खुद्रा पसल लगायतका कार्यमा सहयोग गर्दै आएको अध्यक्ष देवराज कुँवरले बताउनु भयो ।
त्यस्तै दुबै गाउँपालिकामा २६ वटा कृषक तथा पशुपालक समूहहरु मार्फत किसानहरुलाई आत्मनिर्भर बन्ने बाटो सिकाउँदै १ हजार १ सय ५० बढी नागरिकहरुलाई आयआर्जन तर्फ जोड्दै आएको छ । साबिकका ५ गाबिसहरु गोबरडिहा, गढवा, बेला, गंगापरस्पुर र राजपुरमा यस संस्थाले ५ वटा मूल समितिहरु कृयाशिल गराएको अध्यक्ष कुँवरले बताउनुभयो । कृष्णा केसीको स्वागत मन्तब्यबाट सुरु भएको साधारणसभाको सञ्चालन अन्जीता चौधरीले गर्नु भएको थियो ।

