
Djs
Ggp
Unsku
Sgr
Lnp
Srbpu
cjs
Rgp1
Pes
sbs
Rgp
Pbu
Gfs
pku

Sbs
Rgu
Rgs
Ssm
Bbu
Hal
Ksm
nsb
Asm
Tsm
Sls
Gst
Pvg
Rsb
Vor
Wsp
Bbbpu
Ggd
Rgu

Abd
Pls
bbt
sab
Jmb
Ptm
Gsb
Rmb
Jmb
Syp
Bml
Rpp
Mks
दाङ । लुम्बिनी प्रदेशमा मन्त्रि परिषद विस्तार भएको छ । मुख्यमन्त्री डिल्ली चौधरीको क्याबिनेटमा आज तीन जना मन्त्री थपिएका छन् ।
मुख्यमन्त्री चौधरीले कांग्रेस, जसपा, जनमतबाट एक एक जना गरी तीन जना थपेर सात सदस्सीय मन्त्रि परिषद बनाएका हुन् । कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बनेका छन् ।
त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो । नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण बेलुका ४ बजे बुटवलस्थित प्रदेश प्रमुख कार्यालयमा हुने मुख्यमन्त्री सचिवालयले जनाएको छ । यसअघि माओवादीका धनबहादुर मास्कीले आर्थिक मामिला मन्त्रालयले जिम्मा पाएका थिए । लुम्बिनीमा अझै केही मन्त्रालय रिक्त नै छन् । बाँकी मन्त्री बजेटपछि नियुक्त हुने सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले जाकारी दिए ।
यस्तै माओवादीमा आन्तरिक विवाद भएपछि बाँकी मन्त्री नियुक्ति बजेटपछिका लागि तय भएको स्रोतको भनाइ छ । माओवादीबाट कृष्णा केसी नमुना र दिपेन्द्र पुनको नाम चर्चामा छ । लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । कांग्रेसका डिल्ली चौधरी नेतृतव सरकारलाई कांग्रेसका २७, माओवादीका ११,नागरिक उन्मुक्ति पार्टीका चार जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीनरतीन जना,राष्ट्रिय जनमोर्चा,नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
