
Rgp1
Rgp
Sgr
Lnp
Pbu
Ggp
Srbpu
pku
Unsku

nsb
Rgs
Ssm
Pvg
Rgu
Wsp
Rgu
Gst
Rsb
Sbs
Tsm
Ksm
Vor
Bbu
Ggd
Asm
Sls
Hal
Bbbpu

Pls
Ptm
Jmb
Mks
sab
bbt
Abd
Bml
Rmb
Rpp
Gsb
Jmb
Syp
गुल्मी । वन वातावरणको संरक्षण गर्ने उदेश्यले गुल्मीमा ‘वनसँग सेलीब्रेटी’ कार्यक्रम गरेको छ। डिभिजन वन कार्यालय गुल्मीको आयोजना र लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा गुल्मीको संयोजनमा ‘वनसँग सेलीब्रेटी’ अन्तर्गत बिबिध साँस्कृतिक कार्यक्रम गरिएको हो ।
‘वनसँग सेलीब्रेटी’ कार्यक्रममा राष्ट्रिय कलाकार खेम सेन्चुरी, लक्ष्मण खड्का, हरी खत्री, शिलु भट्टराई, गणेश अधिकारी, लक्ष्मी बस्नेत, लालुमायाँ कुँवर लगायत आदा दर्जन वढि कलाकारले गीतका माध्यमबाट वन वातावरण सँग सम्बन्धित प्रस्तुती राखेका थिए । वन वातारण तथा वन्यजन्तु संरक्षण सम्बन्धि जनचेतना फैलाउने उदेश्यले बिबिध साँस्कृतिक कार्यक्रम गरिएको थियो ।
सेलीब्रेटीहरुका माध्यमबाट वन वातावरण संरक्षण सम्बन्धित जनचेतना फैलाउने उदेश्यले कार्यक्रम गरिएको डिभिजन वन कार्यालय गुल्मीका सहायक वन अधिकृत मुना शर्माले बताइन । वन वातावरणको बिना संरक्षणको असम्भव रहेकाले सबै मिलेर वन संरक्षण गर्ने र वन डढेलो नियन्त्रणका महत्वपूर्ण भूमिका निर्वाह गर्ने उदेश्यले यस्तो खालको कार्यक्रम गरिएको शर्माले बताइन । गुल्मी जिल्लामा ४६ हजार ९८ हेक्टर क्षेत्रफल वन रहेको छ । जिल्लाको कुल क्षेत्रफलको ४१ दशमलव ७३ प्रतिशत क्षेत्र वन रहेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।
त्यस्तै सेलीब्रेटीका माध्यमबाट जनचेतना मुलक कार्यक्रमहरु गर्दा त्यसको प्रचारप्रसार द्रुर्तहुने भएकाले यस्तो खालको कार्यक्रम राखिएको डिभिजन वन कार्यालय गुल्मीका वन अधिकृत जीवन पगेनीले बताए । जिल्लामा यसवर्षको वैशाखको मध्यसम्म २ हजार हेक्टर भन्दा वढि क्षेत्रफलमा डढेलो लागेको सहायक वन अधिकृत शर्माले बताइन । गतवर्ष भन्दा यसवर्ष जिल्लामा वन डढेलो धेरै लागेको छ । गतवर्ष जिल्लामा २ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । यसवर्ष हिउँदको समयमा वर्षात पनि कम भएकाले वनक्षेत्रमा वनडढेलो बढेको हो । गर्मी र सुख्खा सिजनमा वनमा डढेलो लाग्नाले करोडौं मुल्यको क्षती हुँदै आएको छ ।
वनमा लागेकोे डढेलो वस्तीमा पुग्दा वर्षेनी जनधन को क्षती हुने गरेको छ । डिभिजन वन कार्यालयले वन डढेलो निन्त्रणमा गर्न जनचेतना मुलक कार्यक्रमहरु गर्ने गरेको छ । तर मानवीय त्रुटीका कारणले वन क्षेत्रमा आगलागीका घटनाहरु हुने गरेको पाइएको छ । वर्षेनी वन डढेलो लाग्ने गरेता पनि लगाउने मानिस पक्राउ पर्ने गरेको पाइदैन ।
