
Srbpu
Sgr
Pbu
pku
Rgp1
Unsku
Rgp
Lnp
Ggp

Hal
Rgs
Rsb
Pvg
Wsp
Rgu
Sls
Vor
Ssm
Ksm
Rgu
Sbs
Bbu
Ggd
Asm
nsb
Bbbpu
Gst
Tsm

Mks
Pls
Ptm
Bml
Rmb
Abd
bbt
sab
Jmb
Gsb
Syp
Rpp
Jmb
पाँचथर । पाँचथरमा चट्याङले लागेर एकै गोठका ५४ वटा भेडा मरेका छन् । जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ३ देउरालीमा बान्टेको रुखमुनि ओत लागेर बसेका भेडालाई हिजो साँझ चट्याङले लागेको थियो ।
त्यस्तै चट्याङले लागेर स्थानीयवासी प्रकाश राई, शुक्रबहादुर राई,सुरेन्द्र आङ्बो र टेकबहादुर गुरुङले सञ्चालन गर्दै संयुक्त रुपमा पाल्दै आएका ५४ वटा भेडा मृत फेला परेको तथा १२ वटा घाइते फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । मरेका अधिकांश माउ भेडा छन् । यसैगरी चट्याङ लागेर भेडाको रेखदेख गर्दै आएका याङवरक गाउँपालिकाको वडा नम्बर ३ घर भएका ५५ वर्षीय प्रेम राई घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बाहिरी चोट नदेखिए पनि राईको शरीरको दायाँ पाटो नचलेका कारण स्थानीय स्वास्थ्यचौकीमा उपचार थालिएको छ । उक्त गोठमा १ सय ३० भन्दा बढी भेडा रहेका थिए । भेडा मरेपछि क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।
