
Rgp
Unsku
Pbu
Sgr
Ggp
Srbpu
pku
Rgp1
Lnp

Gst
Bbu
Ksm
Sbs
Bbbpu
Asm
nsb
Wsp
Vor
Rsb
Tsm
Hal
Pvg
Rgu
Ggd
Sls
Rgs
Rgu
Ssm

Syp
Jmb
Abd
Pls
bbt
sab
Bml
Rmb
Jmb
Ptm
Gsb
Mks
Rpp
दाङ । राप्ती गाउँपालिकाले अग्नी पीडित ओलीको घरपरिवारलाई राहत प्रदान गरेको छ । आज शनिबार दिउँसो भएको आगलागीबाट विस्थापित भएका राप्ती गाउँपालिका वडा नम्बर ४ बुढीचाैरका प्रेम बहादुर ओलीकाे घरपरिवारलाई नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाकाे समन्वयमा नगद, खाद्यान्न र भाडाकुडा प्रदान गरेको हो ।
आगलागीबाट विस्थापित परिवारलाई नगद १० हजार रुपैया सहित चामल, नुन,तेल,दाल, भाडाकुडा,बल्याङकेट र त्रिपाल प्रदान गरेको जनाएको छ । राहत सामग्री गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापति चाैधरी,प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली,नेपाल रेडक्रस साेसाईटी उपशाखा लालमटियाका सभापति किरण भण्डारी र सचिव हरि प्रसाद भुसालले तत्कालै पीडितकाे घरैमा पुगेर राहत प्रदान गर्नु भएको हाे ।
दिउँसो करिब साढे बाह्र बजे विद्युत सर्ट भई लागेको आगोले ओलीको अन्दाजी ५ लाख १५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी चाैकी मसुरीयाका सई निम बहादुर खत्रीले जानकारी दिनु भएको छ । राहत प्रदान पछि गाउँपालिकाका अध्यक्ष विष्टले गर्मीयामकाे समय शुरुआत भएसँगै आगलागीका घटनाहरु दिन प्रतिदिन बढ्न सक्ने भएकाले त्यस्ता घटना राेक्नका लागि सबैले विशेष ध्यान दिनु पर्ने बताउनु भयो । त्यस्तै उहाँले पीडित घरपरिवारलाई थप सहयोगका लागि आफुले पहल गर्ने समेत बताउनु भएको छ।
