
Ksbus
Sdc
Lnp
Ggp
Rgp
Ksbus
Asbus
Ggp
Msbus


दाङ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पुर्व मन्त्री मेटमणी चौधरीका विश्वास पात्र मानिने नेता मिना गुरुङ लगायतले शनिवार पार्टी परित्याग गरेका छन् ।
नेपका एस दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र दाङ जिल्ला अध्यक्ष शुरामणि बेल्वासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङ सहित चौधरी मन्त्री हुँदा बनेका प्रमुख स्वकीय सचिव भुमाण्डव केसी लगायतले पार्टी छोडेका छन्।
त्यस्तै जिल्ला अध्यक्ष बेल्वासेले पार्टी हितविपरीत काम गरेको भन्दै मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरालाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी फेसबुकमा पोष्ट गरेका थिए। प्रतिनिधिसभा सदस्य चौधरी र जिल्ला अध्यक्ष बेल्वासेप्रति सजग रहन अनुरोध गर्दै विज्ञप्ति सार्वजनिक गरेर पार्टी छोडेको घोषणा गरिएको छ।
यसरी पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य रमेशमान रोका, जिल्ला सदस्य किशन भट्टराई र गौरसिंह महरा छन्।
