
pku
Pbu
Srbpu
Ggp
Lnp
Rgp
Rgp1
Sgr
Unsku

Hal
Tsm
Ksm
Bbbpu
Bbu
Gst
Rgs
Rgu
Rsb
Sbs
Pvg
Rgu
Vor
Ggd
nsb
Sls
Wsp
Asm
Ssm

Mks
sab
Rmb
Jmb
Rpp
Bml
Jmb
Syp
Pls
Ptm
Gsb
Abd
bbt
दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङमा सञ्चालित पाँचौ राप्ती लुम्बिनी प्रादेशिक व्यापारिक,पर्यटन तथा कृषि महोत्सव २०७९ को समापन लुम्बिनी प्रदेशका उद्योग,पर्यटन तथा यातायात मन्त्री जानकी प्रसाद यादवले गर्नु भएको छ ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अथिती मन्त्री यादवले लुम्बिनीको राजधानीलाई नमूना बनाउने सवालमा आफू निरन्तर लागि परेको बताउनु भयो । उहाँले पुलपारी स्वागत गेट र स्वर्गद्वारी जाने तिर अर्को गेट निमार्माण गर्ने समेत बताउनु भएको छ ।
राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा फागुन १९ गते देखि चैत १ गतेसम्म भालुवाङ पुल्चोक स्थित निमार्णाधिन बसपार्कमा सञ्चालित महोत्सवको समापन गरिएको संघका अध्यक्ष सुरज खड्काले जानकारी दिनु भयो ।
“कृषि उद्योग,व्यापार तथा पर्यटनको शान,राप्ती कृषि पर्यटन महोत्सव २०७९ को अभियान” भन्ने मुल नाराका साथ महोत्सव सञ्चालन गरिएको थियो । अरु दिन भन्दा आम दर्शकहरु बाक्लो सहभागिता रहेको थियो ।
महोत्सवबाट भएको आम्दानीले उद्योग वाणिज्य संघको भवन निर्माण तथा फिल्ड मर्मत गर्ने र केहि रकम लालमटियामा रहेको दृष्टिविहिन छात्राबासको भवन निर्माणमा समेत सहयोग गर्ने आयोजकले जानकारी दिएको छ । महोत्सवको अन्तिम दिन चर्चित लोक दोहोरी गायक पुस्कल शर्मा,गायिका संगिता चितौरे,गायक तथा उद्घोषक राजेश भण्डारी,उद्घोषकहरु अशोक रावल,वर्षा पाण्ड लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।
कार्यक्रममा पुस्कल शर्माले सब थोक पाएर,म जिउन सक्दिन मुटु जलाई जलाई,नछोड है मलाई,आछौ आउदैनौ,तिम्रो थर मेरो थर एउटै बनाउ घर जस्ता गित गाएर दर्शकको ध्यान तानेका थिए । त्यस्तै सङ्गिता चितौरेले पन निधारैमा अर्कैको नाम रैछ,भाग्यले कस्तो धोका दियो जस्ता गिताहरु गाएका थिए । कृषि महोत्सब उत्घातनको बेला झाकी प्रर्दसनहरुलाई पनि केही राशी र प्रमाण-पत्र प्रदान गरिएको थियो । पहिलो स्थान ल्याउन राप्ती गापा मगर संघ हस्त प्रर्द्शन झाकी पहिलो स्थान,राप्ती गा.पा नेपाल मगर संघ वडा नम्बर २ दोस्रो र नेवारी समाज र जाकृती समूह सान्त्वना भएका छन । भने क्रम्श प्रमाण-पत्र र नगद प्रदेश मन्त्री जनकी प्रसाद यादवको हातबाट प्रदान गरिएको थियो ।
त्यसैगरी कार्यक्रममा पत्रकारहरुलाई पनि सम्मान गरिएका थियो । महोत्सवमा विभिन्न चर्खे पिङ,बच्चा बचिको लागि खेल्ने खेलहरु किन मेल सबै कुराहरुको ब्यबस्था रहेको थियो । मेला सकिएको दिन छुट्टै रौन्क थियो ।

