
Rgp1
Lnp
pku
Sgr
Rgp
Pbu
Ggp
Srbpu
Unsku

Bbu
Gst
Ksm
Sls
Bbbpu
Rgs
Vor
Pvg
nsb
Tsm
Asm
Rgu
Hal
Ggd
Rgu
Wsp
Sbs
Rsb
Ssm

Mks
Gsb
Pls
Ptm
Bml
Jmb
Abd
Syp
Jmb
Rpp
Rmb
bbt
sab
बुटवल । चिठ्ठाको नाममा पावर बैंक (चार्जर) पर्यो भनी ठगी गरेको आरोपमा दुईजना भारतीयलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
भारतको सिद्धार्थनगर जिल्ला चन्दनताय गाउँ बस्ने २८ वर्षीय विवेक कुमार भट्ट र सोही ठाउँका २५ वर्षीय सर्वेश कुमार भट्ट सालझण्डीबाट पक्राउ परेका हुन् । सैनामैना नगरपालिका वडा नम्बर १० सालझण्डी झिमझिमेमा ५० रुपैयाँको चिठ्ठा काटेमा केही कपडा र एमआई कम्पनीको मोवाइलको ओरिजिनल पावर बैंक पर्ने भनेर मानिसहरुलाई ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै उनीहरुले मोटरसाइकलमा प्रेस लेखेर ठगी गर्दै आएका प्रहरीले जनाएको छ । पावर बैंक भनेर विक्रि भएका वस्तु घरमा लगी ४–५ घण्टा चार्ज गरेपछि मात्र काम गर्छ भने पनि घण्टौ चार्ज गर्दा पनि चार्ज नभएपछि पनि उनीहरुको ठगी पत्ता लागेको हो । पावर बैंकलाई खोलेर हेर्दा भित्र माटो मात्रै भेटिएको थियो ।
इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार उनीहरुको साथबाट एमआई २० हजार मेघा एम्पिएर लेखिएको प्लाष्टिकको बट्टा भित्र माटो भएको वस्तु ६ थान, डाटा केबल ६ थान, साडी, कुर्ता, सर्ट पाइन्ट एक–एक थान, स्क्रयाच कुपन ७९ थान वरामद गरिएको छ ।
यसैगरी ठगी गर्न प्रयोग गरिएको प्रेस लेखिएको यूपी ५५ एएफ १५१९ नम्बरको स्पेलेन्डर मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । चिठ्ठा स्क्र्याच गर्दा सबैमा पावर बैंक पर्ने गरी सेट गरिएको र ३२०० पर्ने पावर बैंकलाई १२०० रुपैयाँ तिरे पाइने भन्दै नक्कली वस्तु दिएर ठगी गरेको फेला परेपछि उनीहरु पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बताए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अर्यालले बताए ।
