Sidha Patra सोमबार, फाल्गुण ०८, २०७९

विराटनगर । नेपाल पुलिस क्लबका प्रिन्स दाहालले विराटनगरमा जारी ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ को एकल तर्फ लगातार तीन संस्करणमा जित हात पार्दै ह्याट्रिकका साथ उपाधी उचाल्न सफल भएका छन् ।

नेपाल ब्याडमिन्टन संघको शिर्ष १६ बरियता भित्र रहेका पुरुष एकल तर्फको खेलमा आर्मीका प्रफुल महर्जनलाई पराजित गर्दै राष्ट्रिय च्याम्पियन पुलिसका प्रिन्स दाहालले उपाधी उचालेका हुन् । प्रिन्सले प्रफुललाई २१–१४, २१–१७ ले पराजित गर्दै उापधी उचालेका हुन् । पहिलो सेट सहज जित निकालेका दाहालले दोश्रो सेटमा १–८ ले पछि परेको अवस्थालाई सुधार गर्दै २१–१७ को जित निकाल्दै खेललाई आफ्नो पक्षमा पारेका थिए ।

त्यस्तै प्रिन्सको ८ दिन भित्रमा यो प्रफुल माथिको दोश्रो जित हो । यस अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सरगमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगितामा पनि प्रफुललाई हराउँदै प्रिन्सले उपाधी उचालेका थिए । यस विधामा पुलिसका बिष्णु कटुवाल र आर्मीका रुकेश महर्जन संयुक्त तेश्रो भए । विजयी भएका प्रिन्सले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । यस्तै उपविजयी प्रफुलले नगद ३० हजारमा चित बुझाए । तृतीय स्थान प्राप्त गर्ने बिष्णु कटुवाल र रुकेश महर्जनले क्रमश १४ हजार र १२ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । बिजयी खेलाडीहरुलाई पूर्व प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीले पुरस्कार वितरण गरे ।

महिला एकलमा आर्मीकी अनुमायाँनेकपा एमालेको भातृसंस्था नेपाल खेलकुद महसंघ अन्तरगत रहेको नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको महिला शिर्ष १२ बरियता भित्रको एकल तर्फ आर्मीकी अनुमाया राईले ८ दिन अघि ईटहरीमा सम्पन्न प्रथम मुख्यमन्त्री सगरमाथा राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताकी उपाधी विजेता एपिएफकी जेशिका गुरुङलाई १८–२१, २१–१७, २१–६ ले पराजित गर्दै उपाधी हात पारेकी हुन् । अनुको यो जितका साथ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा लगातार दोश्रो जित हो ।

यस विधाको तेश्रो स्थानमा राष्ट्रिय च्याम्पियन आर्मीकी रशिला महर्जन र प्राथना देउवा रहे । बिजयी अनुमाया राईले नगद ५० हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । यस्तै उपबिजयी जेशिका गुरुङ्गले नगद २८ हजार ५ सय सहित मेडल, ट्रफी र प्रमाणपत्र, तृतीय स्थान हासिल गर्ने रशिला महर्जनले नगद १२ हजार ५ सय र प्राथना देउवाले नगद ११ हजार सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]