
mbd
Sds
Gmk
Gisld
Ksm
Rbs
Anm
gst
Mbdvs
Pbu

Rsb
Bbu
Gst
Bbbpu
Sls
Ssm
Rgu
Hal
Vor
Pvg
nsb
Sbs
Rgs
Rgu
Ksm
Asm
Tsm
Wsp
Ggd

Pls
bbt
Rpp
Jmb
Jmb
Mks
Rmb
Abd
Syp
Bml
sab
Gsb
Ptm
काठमाडौं । नेपाल प्रहरीका डीआईजी तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अशोक सिंहको शैक्षिक कागजपत्र नक्कली भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
डीआईजी सिंहले जागिर प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको कागजपत्र पेस गरेको उल्लेख गर्दै अख्तियारमा बुधबार उजुरी परेको हो । काठमाडौं बागबजारका विश्वप्रकाश भेटवालले दायर गरेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको दाबी गरिएको छ । ‘सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेश गरेको आईएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो । भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईएको नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए ।
त्यस्तै उनले पेस गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो,जुन अहिलेसम्म नेपालमा इक्विभ्यालेन्ट गरिएको छैन । सो सम्बन्धि सम्पूर्ण कागजात प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा र सम्बन्धित कलेजवाट झिकाइ, भिडाइ छानबिन गर्नुपर्दछ,’ उजुरीमा उल्लेख छ । उजुरीमा डीआईजी सिंहले आफ्नो भाइ नाता पर्ने गृहसचिव विनोद प्रकाश सिंहलाई प्रयोग गरेर एआईजी बढुवाको लागि अस्वाभाविक चलखेल गरिरहेको पनि आरोप लगाइएको छ । प्रहरीको एआईजीको बढुवा कार्यसम्पादन मूल्यांकनद्वारा हुन्छ । बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुने व्यवस्था छ । गृहसचिव सिंहले आफै अध्यक्ष रहेको समितिमार्फत आफ्नै दाइ नाता पर्ने डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न लागिपरेको र यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने उजुरीमा दाबी गरिएको छ ।
‘लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ मा स्पष्ट रुपमा उल्लेख छ–प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन,उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र अन्तर्वार्ता सम्बन्धी कामसँग संलग्न आयोगका कुनै पदाधिकारी वा कर्मचारीको नजिकको नातेदार आयोगद्वारा सञ्चालन हुने कुनै परीक्षामा उम्मेदवार भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीले केन्द्रीय कार्यालयको हकमा आयोगलाई र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिनु पर्नेछ,’ उजुरीमा उल्लेख छ ।
यस्तै सिंहको नागरिकताको विषयमा पनि उजुरीमा प्रश्न उठाइएको छ । यसबारेमा पर्दाफासले सिंहसँग बुझन् खोज्दा उनले फोन उठाएनन् भने म्यासेजको पनि जवाफ दिएनन् ।
