Sidha Patra आइतबार, माघ १५, २०७९

दाङ । लुम्बिनी प्रदेश सरकारद्वारा राज्यमन्त्रालय हटाइएको छ । छिटोछरिता,मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले अन्य मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन् ।

संचारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै मुख्यमन्त्री गिरीले छोटो आकारको मन्त्रीमण्डल बनाउने तयारी भइरहेको बताएका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार अबको एक साताभित्र मन्त्रीमण्डलले पनि पूर्णता पाउनेछ ।

यसअघि १३ मन्त्रालय र राज्यमन्त्रीसहित १७ मन्त्री रहेका लुम्बिनी प्रदेशमा मन्त्रालय घटाएर अब १० वटा मन्त्रालय बनाइने भएको छ । मुख्यमन्त्रीको कार्यालयसहित १० वटा मन्त्रालय रहने मुख्यमन्त्री गिरीको सचिवालयले जनाएको छ । मुख्यमन्त्रीको सचिवालयका अमृत गिरीले दिएको जानकारी अनुसार यस पटक कुनै पनि सहायक मन्त्री तथा राज्यमन्त्रीहरू नियुक्त हुने छैनन् । आर्थिक मितव्ययी, पारदर्शी र सरल कामकाजका लागि सानो आकारको मन्त्रीमण्डल एक साताभित्र बिस्तार हुने गिरीले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]