
pku
Pbu
Rgp
Rgp1
Sgr
Lnp
Ggp
Srbpu
Unsku

Sls
Pvg
Vor
Hal
Tsm
Rgu
Ggd
Rgu
Asm
Wsp
Bbbpu
Ksm
Ssm
Rsb
Rgs
Gst
Sbs
nsb
Bbu

Syp
Rpp
sab
Gsb
Pls
Abd
Bml
Jmb
Rmb
Ptm
Jmb
bbt
Mks
काठमाडौं। जनकपुरधाम – जयनगर रेल सेवा सञ्चालनको म्याद सकिएको छ । कोंकण रेल निर्माण कम्पनीसँग गरिएको समझौता अवधि सकिएको हो।
नेपाल सरकारले भारतीय कम्पनीसँग रेल सञ्चालनको लागि एक वर्षको सम्झौता गरेको थियो तर आफ्नै स्वामित्वमा रेल सञ्चालन गर्न ढिलाई भएपछि पुनः एक महिनाको अवधि थपिएको नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । झाका अनुसार रेल सञ्चालनका लागि भारतीय कम्पनीसँग गरेको सम्झौता म्याद २६ डिसेम्बर राति १२ बजेदेखि सकिएको हो। पुस ५ गते भारतीय कम्पनीलाई पुनः एक महिना म्याद थप गर्न पत्र पठाइएको थियो। आफ्नै स्वामित्वमा रेल सञ्चालनको लागि दर रेटसहितको प्रस्ताव भौतिक पूर्वाधार मन्त्रालयमा फाइल पठाइएको छ। उक्त फाइल भौतिक पूर्वाधार मन्त्रालयमै रोकिएको छ । त्यहाँबाट उक्त फाइल अर्थ मन्त्रालय जानेछन् ।
अर्थ मन्त्रालयले प्रस्ताव स्वीकृत गरेर पठाएपछि आफ्नै स्वामित्वमा रेल सञ्चालन गरिने झाले बताए । ‘सुरुवाती चरणमा इकुपमेन्ट, इन्धन कर्मचारी व्यवस्थापन खर्च बढी भएको छ,’ उनले भने, ‘आम्दानी कम भएको छ। यकिन नाफा घाटाको विवरण निकाल्नु पर्छ ।’जनकपुर-जयनगर रुटमा चलाउन ०७७ असोज २ गते रेल नेपाल ल्याइएको थियो रेल नेपाल आइपुगेको एक वर्षसम्म इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका थियो रेल नेपाल आएको करिब डेढ वर्षपछि नियमित रुपमा सञ्चालनमा आएको थियो । केही दिन दैनिकी बिना प्यासेन्जरकै परीक्षणका लागि ओहोरदोहोर गराइएको थियो रेल सेवामा २६ जना भारतीय कर्मचारी राखिएको थियो ।
