
Sgr
Pbu
pku
Rgp
Srbpu
Ggp
Rgp1
Unsku
Lnp

Wsp
Pvg
nsb
Gst
Vor
Asm
Rgu
Ggd
Bbu
Ssm
Sbs
Rgs
Rsb
Sls
Bbbpu
Tsm
Ksm
Rgu
Hal

bbt
Jmb
Mks
Rmb
Pls
Rpp
Ptm
Bml
Abd
Gsb
Jmb
Syp
sab
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरीबाट शुभारम्भ भएको छ । प्रदेश सरकारले लुम्बिनीको स्थायी राजधानी बुधबारदेखि शुभारम्भ गरिएको हो ।
त्यस्तै राजधानी कार्यान्वयनमा आएसँगै सरकारी कामकाज गरिने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । देउखुरीमा तयार भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलनसहित कार्यालयको उद्घाटन गरेपछि कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको हो ।
२०७७ असोज २० गते लुम्बिनी प्रदेशसभाले देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो । राजधानी घोषणा भएको दुई वर्षसम्म पनि आस्थायी मुकाम बुटवलबाट कामकाज भइरहेको थियो । देउखुरीको लालमटीयामा रहेको राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारिएको छ । शिक्षालय परिसरमा अहिले राजधानीका संरचना तयार गरिएको छ । यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेशसभा भवन र मन्त्रालयलगायत संरचना रहने बताइएको छ ।
लुम्बिनीका १३ मध्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ६ मन्त्रालय यही परिसरमा रहनेछन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भइसकेको छ । प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा छ । अबको लुम्बिनी प्रदेशसभाको बैठक पनि देउखुरीमै राख्ने तयारी छ । राप्ती प्राविधिक शिक्षालयभित्रको १८ बिघा क्षेत्रफलमा साना–ठूला गरेर ४० भवन छन् । राजधानी कार्यान्यनमा आएसँगै देउखुरीलाई सिँगारिएको छ ।
