
pku
Lnp
Ggp
Rgp1
Unsku
Rgp
Sgr
Pbu
Srbpu

Ssm
Ggd
Pvg
Gst
Ksm
Bbu
Hal
Vor
Wsp
Sbs
Rgu
nsb
Rgu
Asm
Tsm
Rgs
Bbbpu
Rsb
Sls

Rmb
Jmb
Mks
Ptm
Rpp
Abd
bbt
Pls
sab
Bml
Gsb
Syp
Jmb
दाङ । दक्षिण देउखुरीको गढवा गाउँपालिकामा रहेका १९ वटा गाउँहरु राप्ती नदीमा तटबन्धन नहुँदा उच्च जोखिममा रहेको एक अध्ययनले निश्कर्ष निकालेको छ ।
मानव अधिकार र खाद्य अधिकारको क्षेत्रमा कायर्यरत फियान नेपालको समस्या दस्तावेजिकरण गर्ने प्राबिधिक सहितको टिम र स्थानीय खाद्य अधिकार सञ्जालको संयुक्त टिमले स्थलगत अध्ययन गरि हालै यस्तो निश्कर्ष निकालेको फियान नेपालका कार्यक्रम संयोजक शुरेस गौतमले जानकारी दिनुभयो ।
गढवा ५ लोखरपुरको मुहानबाट राप्ती नदी बस्तिमा पस्यो । हामी ज्यान बचाउन गोरु भैंसी लिएर अर्को गाउँमा शरण पर्न गयौं । सिपी नेपालको घरमा ३ दिन बसेर गाउँ फर्किदा जम्मै बाढी घरमा पसेर कैयनका कच्चीघर भत्काई दिएको र अधिकांशको राशनपानी र लत्ता कपडा भिजेको अवस्था थियो,गढवा–५ लोखरपुर निवासी हदवारी चौधरीले भन्नुभयो । बस्तिामा बाढी पसेपछि हामी ५ गाउँका नागरिकहरु सिपी नेपालको हलमा गएर ज्यान जोगायौं । तिनदिन सम्म उतै मेसमा खाना खायौं । स्थानीय सरकार,रेडक्रस र संघसंस्थाहरुले राहात बितरण गरेपछि बस्तिमा आउँदा घरमा बाढी पसेर बेहाल थियो– गढवा ५ धर्मपुर निवासी सृजना चौधरीले भन्नुभयो । गतबर्ष वाइबा कण्ट्रक्सन कम्पनिले राप्ती पुलको पुर्व पश्चिम दुवैतर्फ गरेर ठेक्का टेण्डर बाट झण्डै १ हजार ७ सय मिटर तटबन्धन गरेको र क्वाण्टिटी पुरा भएपछि राप्ती पुलको पुर्वतर्फ ३०० मिटर तटबन्धन बाँकी रहन गएको कम्पनीका प्रोपाइछर जयप्रकाश बुढा मगरले जानकारी दिनुभयो ।
नेपाल सरकारले बहुबर्षिय कार्यक्रम अन्तरगत दुवैतर्फ राप्ती तटबन्धन गरि दिर्घकालीन समाधान खोज्न जरुरी रहेको उहाँको भनाई छ । गत असोज १९ देखि लगातार चारदिनसम्म परेको अबिरल बर्षा र गतबर्षको धान खाटेर खेतमा सुकाएको बखत परेको अबिरल बर्षा तथा त्यसबाट आएको राप्ती नदी र खहरेहरुको बाढीले गढवा गाउँपालिकाका धेरै बस्तिका नागरिकहरुलाई ठूलो सास्ती दिएको टोलीले दस्तावेजिकरण गरेको बताएको छ ।
राप्ती नदीको राप्ती पुलदेखि पुर्व तर्फ झण्डै ३०० मिटर तटबन्धन नभएका कारण त्यहि स्थानबाट बाढी पसेर बोधीपुर, सेमरी, मोतिपुर र कान्छीगाउँका अधिकांश नागरीकहरुको खाद्यान्न, लत्ता कपडा भिजेको र कत्तिको घर नै भत्किएको स्थानीय गढवा–५ निवासी परशु चौधरीले बताउनुभयो । सिक्रहवा खोलामा तटबन्धन नहुदा राप्ती र सिक्रहवाको बाढीले हाम्रो गाउँ उच्च जोखिममा छ । चुनाव आउँदा नेताहरु तटबन्धन गरिदिने आशा देखाउँछन् तर चुनाव जितेर गएपछि कसैले पनि हेर्दैनन्–गढवा ७ सेमरी निवासी शिउकुमारी चौधरीले भन्नुभयो ।
गढवा ५ को लालपुर, पर्सा, पर्सिया, कटियानगाउँ, परस्पुर, मगहरी,लोखरपुर,तकियापुर,बोधिपुर,प्रनाहा र धर्मपुरका झण्डै २ हजार एकसय घरधुरीका नागरिकहरुलाई सास्ती दिएको पाईएको छ भने ५ सय भन्दा बढी बिगाहा क्षेत्रफलको धानवाली क्षति गरेको छ । राप्ती नदीमा तटबन्धन नभएका क्षेत्रहरु लोखरपुरको मुहान र राप्ती पुलको पुर्वतर्फबाट राप्ती नदी बस्तिमा पसेको र ब्यापक रुपमा किसानको धानवाली क्षति गरेको छ । बस्तिामा बाढी पसेर किसानहरुको खाद्याान्न र लत्ता कपडाहरु भिजेको,गाइ,भैसि र बाख्रा भेंडाहरु बाढीले बगाएको,कतिपयका कच्चीघरहरु समेत भत्काई दिएको र वडानं.५ का ६ वटा गाउँका नागरिकहरु सिपी नेपालको घरमा बसेर ज्यान जोगाएको टोलिले बताएको छ ।
त्यसैगरी राप्ती पुलको पुर्वतर्फ तटबन्धन नभएको स्थानबाट नदी पसेर गढवा–५ को बोधिपुर तथा ७ का सेमरी,मोतिपुर, कान्छीगाउँ र झारबैरा लगायतका बस्तिमा नागरीकहरुलाई ज्यान बचाउन हम्मे–हम्मे परेको पाइएको छ । त्यस्तै कक्रहवा खोलाको तटबन्धन नभएका गढवा ७ का क्षेत्रहरु शान्तीपुर, लक्षिनपुर,मक्नहवा लगायतका बस्तिाहरुमा बाढी पसेर नागरिकहरुलाई बिचल्ली पारेको हो । यत्तिमात्र होइन गढवा गाउँपालिकाका बिभिन्न वडाहरुमा चुरेक्षेत्रबाट बग्ने खहरे खोलाहरु भालुखोला,प्रसनपुरे खोला,गिद्रहवा खोला,बौराहा खोला,भाङ्ग्रे खोला, धैरेनी,सुपैला,भालुदुन्द्रे,सिक्रहवा र कक्रहवा खोलाहरुले पनि सयौं नागरिकहरुलाई बिचल्लीमा पारेको पाइएको छ । गढवा–२ स्थित भाङ्गे्र खोलाले कतिपय नागरिकहरुको घर नै बगाएको,भत्काई दिएको र रात्री प्राबि पचाहाको बिद्यालयको पर्खाल समेत भत्काएको पाइएको छ । यि खहरे खोलाहरु बस्तिमा बसेर सयौं बिगाह जमिनको धानवाली र किसानका घरमा रहेको खाद्यान्न नष्ट गरेका छन् । बाढीको प्रकोप पछि स्थानीय सरकार,रेडक्रस, सुरक्षा निकाय,स्थानीय खाद्य अधिकार सञ्जाल लगायतका निकायहरुबाट बिपद् प्रतिकार्यका गतिविधि सञ्चालन भए । कैयौं नागरिकहरुलाई सुरक्षित आवासमा स्थानान्तरण गरियो । त्यस लगत्तै स्थानीय सरकारको पहलमा संयुक्त टोली परिचालन गरि स्थलगत अनुगमन पश्चात् राहात वितरण कार्य सम्पन्न भयो ।
दाङको देउखुरी त्यसमा पनि बिशेषतः गढवा गाउँपालिका क्षेत्रमा बाढीको प्रभावले गर्दा कैयन नागरिकहरु खाद्य अधिकारबाट बञ्चित भैरहेका छन् । राप्ती नदीमा तटबन्धन हुन छुट भएका उल्लेखित क्षेत्रहरुमा तटबन्धन गरियो भने काफि हदसम्म स्थानीय नागरिकहरुलाई खाद्य अधिकारको प्रत्याभूत हुने र बस्तिहरु सुरक्षित हुने फियान नेपालको अध्ययनले बताएको छ । संगसंगै गढवा गाउँपालिकाभरका चुरे क्षेत्रबाट बग्ने खहरे खोलाहरुले क्षति पुगाएका स्थानहरु पहिचान गरि तटबन्धन गर्नुपर्ने टड्कारो आवश्यकता छ । नेपाल सरकारको यशियाली बिकास बैंक(ब्म्द्य) संग भएको संझौता बमोजिम राप्ती नदी तटबन्धन गरि लदिर्घकालिन समाधानका लागि गुरुयोजना बमोजिम काम सुरु गर्न सरकारको तर्फबाट तत्काल पहल गरिनु जरुरी छ ।
नेपालको संबिधान र कानूनी प्राबधानका आधारमा खाद्य अधिकार र खाद्य संप्रभूताको क्षेत्रमा फियान नेपाल र स्थानीय खाद्य अधिकार सञ्जालको तर्फबाट पनि नागरिकहरुको नैसर्गिक अधिकारको सुरक्षा गर्न सरकारका निकायहरुसंग बहस पैरवी,समन्वय र सहकार्य जरुरी भएको स्थानीय जानकारहरुको धारणा छ ।
