
Rgp1
Lnp
Unsku
Rgp
Sgr
Pbu
pku
Srbpu
Ggp

Sbs
Ksm
Rsb
Wsp
Asm
Ssm
Bbbpu
Rgu
nsb
Ggd
Pvg
Rgs
Bbu
Vor
Hal
Sls
Tsm
Gst
Rgu

Jmb
Ptm
Bml
sab
Pls
Syp
Abd
bbt
Mks
Jmb
Rmb
Gsb
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ३ को रात्री प्रावि गोबरडियामा नि:शुल्क आँखा चेकजाँच शिविर सञ्चालन भएको छ।
रात्रि प्रावि गोबरडियाको प्राङगणमा संचालन गरिएको आँखा शिविरमा ५ सय २० जना बिरामीहरुको ओपिडी चेकजाँच गरिएको छ भने १ सय ९५ जनाको बिरामीहरुलाई नि:शुल्क चस्मा वितरण गरिएको प्राविधिक टोलीका सदस्य बिमल घिमिरेले जानकारी दिनु भयो ।
आँखा शिविरबाट ९५ जना मोतियाबिन्दु भएका बिरामीहरूको लमही आँखा अस्पतालमा नि:शुल्क शल्यक्रिया हुने गढवा गाउँपालिकाका वडा नम्बर ३ का वडाध्यक्ष तुलसीराम अधिकारीले जानकारी दिनु भयो। गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योती संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा गढवा गाउँपालिकाको आठ वटै वडामा नि:शुल्क आँखा शिविर सञ्चालन भैरहेको गढवा गाउँपालिकाले जानकारी दिएको छ ।
गढवा गाउँपालिकाको उज्यालो अभियान साझेदारी कार्यक्रम अन्तर्गत गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा नेपाल नेत्र ज्योति संघ लमही आँखा अस्पतालको प्राविधिक सहयोगमा गढवा गाउँपालिकाको वडा नम्बर ३ ४,५,६ र ७ मा नि:शुल्क आँखा शिविर सञ्चालन भैसकेको छ भने यही मङ्सिर २६ गते गढवा गाउँपालिका वडा नम्बर – २ को रात्री प्रावि पचहा, पुस २ गते वडा नम्बर १ को वडा कार्यालय मलमला र पुस ९ गते वडा नम्बर ८ को कोइलाबासमा नि:शुल्क आँखा शिविर सञ्चालन कार्यक्रम तय गरिएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनु भएको छ।
