
Ggp
Sdc
Ggp
Asbus
Ksbus
Lnp
Msbus
Ksbus
Rgp

दाङ । नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले अबको नयाँ सरकारको जुन दलले नेकपा (माओवादी केन्द्र) अध्यक्षलाई प्रधानमन्त्रीको प्रस्ताव एवं समर्थन गर्दछ सोही दलसँग नै गठबन्धन हुने पर्ने बताउनुभयो ।
नकपा (मओवादी केन्द्र) का प्रभावशाली नेता केसी (सोनाम)ले आज सञ्चारकर्मीहरुसंग गदै उहाँले यस्तो विचार बताउनुभएको हो । उहाँले निर्वाचन अगाडिको सहकार्यक नेपाली कांग्रेस पनि इन्मारदारिता नभएकाले अब नयाँ सिराहबाट कार्य थालनी गर्नुपर्ने बताउनुभयो । उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष नै यो देशको प्रधानमन्त्री हुनु पर्नेमा अडान रहेको छ ।
नेपाली काङ्ग्रेसलाई भर्खरै मात्रै प्रधानमन्त्री देउवालाई र यस भन्दा अगाडि एमालेका केपी शर्मा ओलीलाई पनि माओवादी केन्द्रको समर्थनमा बनेकोले गर्दा अब यी दुवै दलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई नै प्रधानमन्त्री स्वीकार्नु पर्ने वस्तुगत अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयोः–“ नेपालमा यदी परिर्वनका लागि सरकार निर्माण गर्ने हो भने प्रचण्ड नै हुनुहुन्छ उहाँलाई नै अगाडि माओवादी केन्द्रले सारेका छौं,जसले प्रचण्डलाई प्रधामन्त्री स्वीकार्छ उसै दलसँग हुने बताउनु भयो ।
त्यस्तै सत्ता समिकरणको कोर्ष नयाँ दिशामा पुगेकोले अब गठबन्धनलाई पनि नयाँ कोर्षबाट अगाडि बढाउनु पर्ने बताउनुभयो । संघ सरकार प्रचण्डलाई प्रधामन्त्रीमा समर्थन गर्ने दलहरु मिलाएर लुम्बिनीमा पनि सरकारको निर्माण हुने बताउनुभयो । मुख्यमन्त्रीको यो भनाईलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।
