इराधा झाक्री मगर आइतबार, मंसिर १८, २०७९

रोल्पा । थबाङ फुन्तिबाङको धरमपानी जनचेतना युवा क्लाबको तेस्रो वार्षिक उत्सबको अवसरमा आयोजित खेलकुद कार्यक्रम भव्यका साथ शनिबार उद्घाटन भएको छ ।उक्त खेलकुद कार्यक्रमको लुम्बिनी प्रदेशका माननीय सांसद दिपेन्द्र पुन मगर सिजलले उद्घाटन गर्नु भएको हो । सो कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका पुनले जलजला पर्यटनसंगै कृषि विकासको लागि पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।त्यस्तै सांसद पुनले विकास एकै चोटि नहुने भएको हुँदा क्रमशःविकासहरु आफुले आफ्नो बुद्धिले भ्याएसम्म काम गर्ने भनाई सहित खेलकोपनि उद्घाटन गर्नु भएको थियो । त्यस्तैगरि अन्य अथितिहरु लुम्बिनी प्रदेश तथा रोल्पा जिल्ला इन्चार्ज बिनेश रोका मगर (मौसम),रोल्पा जिल्ला समन्वय समितीकि जितकुमारी बिक,थबाङ गापा १ नम्बर वडा अध्यक्ष हिरा प्रसाद बुढा मगर,१ नम्बर निवर्तमान अध्यक्ष जनक बुढा मगर,थबाङ गापा २ नम्बर वडा अध्यक्ष अभिलाषा रोका मगर,२ नम्बर निवर्तमान अध्यक्ष बसन्त रोका मगर पत्रकारहरु, समाजसेबिहरु लगायत खेलप्रेमी आम जनसमुदायहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै उक्त उत्सव एक हप्तासम्म चल्ने आयोजकले बताएको छ । खेलहरु भलिबल,महिला,पुरुष,डोरी तानातान,भाले जुढाइ दोहोरी गित,लगायत आक्रसक पुरुस्कार पनि राखिएको छ । तेस्रो वार्षिक उत्सबको उद्घाटनको स्वागत मन्तव्य रुपक रोका मगरले गर्नु भएको कार्यक्रमको सभापतित्व अलमोद झाक्री रहनु भएको कार्यक्रमको सन्चालन आउधन बुढा मगरले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]