
pku
Srbpu
Ggp
Lnp
Sgr
Unsku
Rgp
Rgp1
Pbu

Ggd
Sbs
Bbbpu
Wsp
Vor
Rgu
Asm
Tsm
Pvg
Sls
nsb
Ssm
Rsb
Rgs
Rgu
Ksm
Hal
Bbu
Gst

Jmb
Syp
Pls
sab
Ptm
Rpp
Gsb
Jmb
Abd
Rmb
Bml
Mks
bbt
रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष भानुभक्त पाण्डेमाथि आक्रमण भएकाे छ।
बिहीबार राति बाँसगढीबाट तामनगरतर्फ साथीलाई घर छाेड्न जाँदै गरेका वडाध्यक्ष पाण्डेमाथि आक्रमण भएको हो। उनलाई सैनामैना-२ कालिका चाेकमा आक्रमण भएकाे प्रहरीले जनाएको छ।
पाण्डेले आफूमाथि आक्रमण गर्नेहरू नेपाली कांग्रेसको भातृ संगठन तरूण दलका कार्यकर्ता भएकाे दाबी गरेका छन्। ´मोटरसाइकलमा आएको एक समुहले मेराे गाडी पछ्याउँदै आएर गाडी राेकी म र मेराे गाडीमा आक्रमण गरे,´ उनले भने ।
त्यस्तै आक्रमणबाट वडा अध्यक्ष पाण्डे घाइते भएका छन्। उनको गाडीकाे अगाडिकाे सिसा फुटेको छ। ईलाका प्रहरी कार्यालय रन्यौराले वडा अध्यक्ष पाण्डेमाथि आक्रमण गर्ने सैनामैना-२ का कसिस श्रेष्ठ,सैनामैना ४ का राजन कालामगर र सैनामैना ५ का अर्जुन भुसाललाई नियन्त्रणमा लिएकाे जनाएको छ। पाण्डेमाथि आक्रमण गर्नेहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ। रासस
