
Pbu
pku
Rgp
Unsku
Rgp1
Lnp
Srbpu
Sgr
Ggp

Gst
Asm
Vor
Ssm
Rgs
Bbu
Rsb
Rgu
Tsm
Ggd
Hal
Ksm
Wsp
nsb
Pvg
Sbs
Bbbpu
Sls
Rgu

Mks
sab
Jmb
Pls
Jmb
Rmb
Rpp
Bml
Gsb
Abd
Syp
bbt
Ptm
काठमाडौ। निर्वाचन आयोगले फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूको बारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य/श्रव्यदृश्य सामग्री प्रकाशन गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले त्यस्ता झुठ फेसबुक पेज/ग्रुपहरू सिर्जना गरी दलका नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ को दफा ४७ निर्वाचन (कसुर तथा सजाय) ऐन. २०७३ को दफा २३ को उपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ङ) को प्रतिकूल रहेको जनाएको छ ।
त्यस्तै उल्लेखित कसुर गर्ने व्यक्तिहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठ फेसबुक पेज/ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमका गतिविधि नगर्न आयोगले आग्रह गरेको छ ।
यस्तै उक्त फेसबुक पेज/ग्रुपहरू तत्काल नहटाइए प्रचलित कानुनबमोजिम कारवाही गर्ने चेतावनी दिएको छ ।
